बालेनले धर्मगुरुलाई मुकुट फिर्ता गरे

काठमाडौं । र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’लाई लिएर विवाद बढेपछि धर्मगुरुलाई मुकुट फिर्ता गरेका छन् । बालेन उक्त शोका निर्णायक थिए भने विजेता भाइबर साइमनल हुन् ।

शनिबार सम्पन्न शोको फाइनलमा काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका साहले विजेता साइमनलाई पन्चबुद्धको आकृतिसहितको मुकुट पहिर्‍याइदिएका थिए । बौद्ध धर्ममा यस्तो मुकुट बज्राचार्यको पूजामा अभिषेक पाएपछि गुरुहरुले शिष्यलाई प्रदान गर्ने परम्परा छ ।

सोमबार ज्याठामा आयोजित समारोहमा रियालिटी शोको तर्फबाट गल्ती भएको भन्दै बालेनले माफी माग्दै मुकुट बौद्ध गुरुलाई फिर्ता दिएका थिए । शोका निर्माता सुदीप पोखरेलले मुकुट फिर्ता दिनुुको कारण धार्मिक भावनामा ठेस नपुर्‍याउने आफूहरुको उद्देश्य भएको बताए ।

रियालिटी शोमा मुकुट प्रयोग भएपछि सम्पदा धार्मिक अभियन्ताले असन्तोष ब्यक्त्त गरेर विरोधमा उत्रिएका थिए । विवाद बढ्दै गएपछि काठमाडौं महानगरपालिकामा यसबारे बैठक बसेको थियो । सोही बैठकमा मुकुट र्फिता गर्ने निर्णय गरेको थियो।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स