यी कम्पनीको कारण आइतबार सेयर ठूलो पहिरोबाट जोगियो

काठमाडौं । नेप्से ४९.१८ अंकले घटेर ३०४४.८६ विन्दुमा पुगेको छ । आइतबार सेन्सेटिभ इन्डेक्स पनि ८.५७ अंकले बढेको छ ।

आज २२७ कम्पनीको सेयर १ लाख ५९ हजार पटक कारोबार भएको छ । २ करोड ४८ लाख ८८ हजार कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ ।

फाइनान्स उपसमूह २१.८८ अंकले बढेको छ । आज सबैभन्दा धेरै लाईफ इन्स्योरेन्स उप समूहको ३०२.२ अंकले घटेको छ ।

बजार करिब ५० अंकले घट्दा पनि दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बिहीबार कम्पनीको सेयर प्रति कित्ता १०३४ रुपैयाँमा कारोबार भएको थियो भने आज ११३७.४० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य १०३.४० रुपैयाँले बढेको हो ।

खानीखोला हाइड्रोपावरको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य ३९.३० रुपैयाँले बढेको हो । बिहीबार कम्पनीको सेयर प्रति कित्ता ३९३ रुपैयाँमा कारोबार भएको थियो भने आज ४३२.३० रुपैयाँ पुगेको छ ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको सेयर मूल्य ७.५६ प्रतिशतले बढेको छ । बिहीबार कम्पनीको सेयर प्रत्ति कित्ता ७२०.५० रुपैयाँमा कारोबार भएको थियो भने आज ७७५ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ५४.४० रुपैयाँले बढेको छ ।

जानकी फाइनान्सको सेयर मूल्य ६.९९ प्रतिशतले बढेको छ । बिहीबार कम्पनीको सेयर प्रति कित्ता ७४४ रुपैयाँमा कारोबार भएको थियो भने आज ७९६ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ५२ रुपैयाँले बढेको छ ।

सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.३० प्रतिशतले बढेको छ । बिहीबार कम्पनीको सेयर प्रति कित्ता १५७१ रुपैयाँमा पुगेको थियो भने आज १६७० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ६.३० प्रतिशतले बढ्यो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स