एनआईसी एसिया बैंक र नेपाल लाइफ इन्स्योरेन्सको १३ लाख कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एनआईसी एसिया बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक समूहतर्फको सेयर बिक्री गर्ने भएका छन् । दुवै संस्थाको १३ लाख १६ हजार ८ सय ७१ कित्ता सेयर लिलामबाट बिक्री गर्न लागेको हो ।

एनआईसी एसिया बैंकले पनि ७ लाख १९ हजार ९ सय ५० कित्ता सेयर लिलामीबाटै बिक्री गर्ने गरी सिलबन्दी बोलपत्रका लागि आवेदन खुला गरेको छ। बैंकले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ४ सय २५ रुपैयाँ तोकेको छ।

नेपाल लाइफले संस्थापक समूहतर्फको ५ लाख ९६ हजार ९ सय २१ कित्ता सेयर लिलाममा बिक्री गर्न सिलबन्दी बोलपत्र आह्वान गरेको हो। कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ७ सय रुपैयाँ तोकेको छ ।

उक्त सेयर खरिद गर्नका लागि जो कोही इच्छुक व्यक्ति, कम्पनी वा संघसंस्थाहरुले सात दिनभित्र कम्पनीले तोकिएको शाखा कार्यालयमा सम्पर्क गर्ने सक्नेछन् ।

कम्पनीका अनुसार इच्छुकले न्यूनतम एक हजार कित्तादेखि आवदेन दिन सक्ने सूचनामा उलेख्ख छ। सेयर खरिदका लागि प्रचलित कानूनबमोजिम योग्य लगानीकर्ताहरुले बोलपत्र पेस गर्नु पर्नेछ । सिलबन्दी बोलपत्र पेस गर्न असार २० देखि २७ गतेसम्मको समय तोकिएको छ ।

सेयर खरिदका लागि संकलन केन्द्रहरु ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्साल, काठमाडौं र ग्लोबल आइएमई बैंक लिमिटेडको बिर्तामोड, हनुमानदास रोड विराटनगर, जनकपुर, आर्दशनगर वीरगंज, हेटौंडा, नारायणढ, न्युरोड पोखरा, बुटवल–मिलनचोक, बागलुङ, नेपालगंज–त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट सिलबन्दी आवेदन लिन र बोलपत्र बुझाउन सकिनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स