२८ लघुवित्त वित्तीय संस्था राष्ट्रको कारवाहीमा, कुन कुन लघुवित्तलाई कस्तो र कतिसम्मको कारवाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले २८ वटा लघुवित्त वित्तीय संस्थालाई कारवाही गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा राष्ट्र बैंक लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभागले गरेको अनुगमन तथा निरीक्षणको क्रममा गल्ती गर्ने संस्थाहरूलाई राष्ट्र बैंकले कारवाही गरेको हो ।

राष्ट्र बैंकले ५ प्रतिशतभन्दा बढी खराब कर्जा अनुपात भएका ११ वटा संस्था, १५ प्रतिशतभन्दा बढी ब्याजदर निर्धारण गर्ने १० वटा लघुवित्त वित्तीय संस्थालाई कारवाही गरेको हो । विषेश निरीक्षणका आधारमा एउटा संस्था राष्ट्र बैंकको तोकिएको अनिवार्य नगद मौज्दात कामय नगर्ने ३ वटा लघुवित्त, प्राथमिक पुँजी र ८ प्रतिशत पुँजी कायम नगर्ने ३ वटा वित्तीय संस्थालाई राष्ट्र बैंकले कारवाही गरेको हो ।

राष्ट्र बैंक लघुवित्त सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०७७÷७८ मा १८ वटा संस्थामा स्थलगत निरीक्षण गरेको थियो । सोमध्ये आधादर्जन संस्था पटक पटक कारवाहीमा परेका थिए ।

स्थलगत सुपरिवेक्षणका क्रममा ५ प्रतिशतभन्दा बढी खराब कर्जा रहेको ११ वटा लघुवित्तलाई सुधारका लागि आवश्यक कारवाही गरेको थियो । बुद्ध ज्योतीको ८.८१ प्रतिशत, नेरुडेको ८.३२ प्रतिशत, बिपिडव्लकाओ ७.८५ प्रतिशत खराब कर्जा अनुपात रहेको थियो । युनिकको ६.९७ प्रतिशत, सामुदायिकको ६.८६ प्रतिशत, कालिकाको ६.२० प्रतिशत, सुपर लघुवित्तको ५.८८ प्रतिशत, मानुषीको ५.८१ प्रतिशत, नेपाल एग्रोको ५.६० प्रतिशत र आत्मानिर्भर लघुवित्तको ५.०७ प्रतिशत खराब कर्जा अनुपात रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुल जोखिम भारित सम्पतिको न्यूनतम ४ प्रतिशत प्राथमिक पुँजी र ८ प्रतिशत पुँजी कोष कायम गर्नु पर्ने व्यवस्था उल्लंघन गर्ने ३ वटा संस्थालाई राष्ट्र बैंकले शिध्र सुधारात्मक कारवाही गरेको छ । जसमा समाज लघुवित्त, विन लघुवित्त र घोडीघोडा लघुवित्तले पुँजीकोष कायम नगर्दा कारवाहीमा परेका हुन् ।

राष्ट्र बैंकले गत आवमा अनिवार्य नगद मौज्दात कायम नगर्ने ३ वटा लघुवित्तलाई कारवाही गरेको छ । जसमा ग्रामीण लघुवित्तलाई ५४ रुपैयाँ ८० पैसा, सारथी लघुवित्तलाई ३ सय ६२ रुपैयाँ ३३ पैसा र आरम्भ चौतारी लघुवित्तलाई २ हजार ८ सय ८८ रुपैयाँ २५ पैसा जरिवाना तिराएको हो ।

राष्ट्र बैंकले तोकेको १५ प्रतिशत भन्दा बढी ब्याजदर ग्राहकसँग असुल्ने १० वटा लघुवित्त पनि कारवाहीमा परेका छन् । डिप्रोक्स लघुवित्तले १५.६७ प्रतिशत, मिथिला लघुवित्तले १५.४८ प्रतिशत, फरवार्ड लघुवित्तले १५.२४ प्रतिशत, लक्ष्मी लघुवित्तले १५.१८ प्रतिशत, सुर्योदय लघुवित्तले १५.१४ प्रतिशत, मानुषीले १५.४० प्रतिशत, युनिक लद्युवित्तले १५.१० प्रतिशत, सामुदायिकले १५.०८ प्रतिशत, बुद्ध ज्योतिले १५.०१ प्रतिशत र नेष्डो लघुवित्तले १५.०१ प्रतिशत ब्याजदर कर्जाका ग्राहकलाई लिएका थिए ।

गत आवमा राष्ट्र बैंक लघुवित्त सुपरिवेक्षण विभागले विशेष स्थलगत निरीक्षणमा नाडेप लघुवित्त परेको थियो । संस्थामा सार्वजनिक सञ्चार माध्यम, विभिन्न सरकारी एवम् अन्य निकायहरूको अनुरोध/निर्देशन/आदेश, उजुरी एवम् अन्य स्रोतबाट प्राप्त जानकारीको आधारमा विषेश निगरानी गरी आवश्यक निर्देशन दिएको उल्लेख गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स