लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक सेयर बिक्री गर्दै सनराइज बैंक

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्री गर्ने भएको छ । भदौ १८ गतेबाट लुम्बिनी जनरल इन्स्योरेन्सले कम्पनीको संस्थापक सेयर लिलाम बिक्री गर्ने भएको छ । बैंकले इन्स्योरेन्सको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर लिलाम बिक्री गर्न लागेको हो ।

उक्त सेयर बिक्री गर्न बैंकले बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई तोकेको छ । सो सेयर खरिदका लागि विद्यमान संस्थापकहरू वा योग्य जो कोही व्यक्ति तथा संगठित संस्थाहरूले शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । भदौ १८ गतेदेखि असोज १ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिने छ ।

सेयरको न्यूनतम मूल्य ४२१ रुपैयाँ ६३ पैसा तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ । सो सेयरमा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स