नेप्सेको निमित्त प्रमुख कार्यकारी अधिकृतमा फुयाल

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा निरन्जन फुयाल नियुक्त भएका छन् । नेप्से सञ्चालक समिति बैठकले फुयाललाई निमित्त प्रमुख कार्यकारीमा अधिकृतमा नियुक्त गरेको हो ।

फुयालालाई अर्को व्यवस्था नभएसम्मको लागि निमित्त सिइओ नियुक्त गरेको नेप्से सञ्चालक समितिका अध्यक्ष दीर्घराज मैनालीले जानकार दिए ।

‘हामी पद रिक्त राख्दा दैनिक काम कारवाहीमा असर पर्ने भएकाले सीईओ चन्द्रसिह साउदले राजीनामा दिएकै भोलिपल्ट उहाँलाई निमित्त सीईओको कार्यभार दिएका हौं,’ उनले भने ।

सर्वोत्वम सिमेन्ट खरिद प्रकरणमा विवादमा परेपछि भदौ ८ गते नेप्सेको सीईओसाउदले राजीनामा दिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स