सानिमा लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव पारित

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा इन्स्योरेन्सका अध्यक्ष कुमार कोइरालाको प्रमुख आतिथ्यतामा स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्तापूँजी २ अर्ब रुपैयाँको आधारमा कुल ४.४२ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, कम्पनीको अधिकृत तथा चुक्ता पूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सो सम्बन्धी कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावलाई पारित गरेको छ ।

कम्पनीले अन्य कुनै जीवन बीमा कम्पनीसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने कार्यका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने भएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले असार ८ गते एक दिन बुक क्लोज गरेको थियो । यसअनुसार बुक क्लोजको आधारमा असार ७ गतेसम्म कायम सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश पाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स