कोशी ब्यारेजको ३५ ढोका खुले, आज यस वर्ष कै उच्च वहावमा नदी

काठमाडौं । नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएको छ । आज आइतबार सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ । केहिदिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो । सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड वहाव पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ ।

साउन ३२ गते कोशीमा यस वर्षकै बढी २ लाख ५६ हजार २० क्यूसेक प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो । पहिल्लो मापनले नयाँ रेकर्ड कायम गरेको छ । पूर्वका प्राय सबैजसो भागमा पानी परिरहेकोले अझै कोशीको वहाव बढ्न सक्ने अनुमान गरिएको छ । चतरामा रहेको बाढी मापन केन्द्रले पनि नदीको जलस्तर बढ्दो क्रममा रहेको देखाएको छ ।

कोशीमा आएको बाढीसँगै नदी कटान शुरु भएको छ । गरैया टापुका २० घर परिवारलाई उद्दार गरी सुरक्षित स्थानमा सार्ने तयारीभैरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स