दोहोरी साँझ र रात्रीकालीन व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई चाबी बुझाए

काठमाडौं । सरकारले चासो नदिएको भन्दै काठमाडौं दोहोरी साँझ र रात्रीकालीन व्यवसायीले आज (आइतबार) काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई चाबी हस्तान्तरण गरेका छन् ।

सरकारले रात्रीकालीन मनोरञ्जनलाई कुनै चासो नदेखाएको भन्दै व्यवसायीहरूले सीडीओलाई साँचो बुझाएका हुन् । अन्य व्यवसाय खुला गरेपनि मनोरञ्जन व्यवसाय सञ्चालनमा सरकारले चासो नदेखाएको भन्दै यसरी व्यवसाय बन्द गर्दा यस क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको भविष्य ओझेलमा परेको गुनासो उनीहरूले गरेको हुन् ।

कोरोना भाइरसको महामारी फैलिएपछि सरकारले गत वैशाख १६ बाट निषेधाज्ञा लगाएको थियो । यसपपछि कोभिड संक्रमणको क्रम केही घटेको भन्दै जेठ अन्तिम साताबाट केही खुकुलो पारे पनि अझै मनोरञ्जनलगयातका व्यवसाय भने सञ्चालन हुन सकेको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स