१३ दिनपछि फुजेट स्वत मेटिन्छ, दिन सकिदैनः अर्थ मन्त्रालय

काठमाडौं । १३ दिनपछि फुटेज नरहने अर्थ मन्त्रालयले स्पष्ट पारेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनियमितत गरेको आरोप लागेपछि उपभोक्ता हित संरक्षण मञ्च जेठ १४ गते साँझ ६ बजेदेखि भोलिपल्ट जेठ १५ गते बिहान ६ बजेसम्मको सीसीटिभी फुटेज मागेको थियो ।बजेट निर्माणको समयको सीसीटीभी फुटेट आफूसँग नभएको अर्थ मन्त्रालयले स्पष्ट पारेको हो । मन्त्रालयले भने सीसीटिभीको क्षमता र जडान भएको क्यामेरा को आधारमा १३ दिन पछि क्रमश फटेज मेटिँदै जाने जवाफ मञ्चलाई दिएको छ ।

मन्त्रालयले नियमित रुपमा सीसीटिभीको फुटेज १३ दिन पछि अभिलेख स्वत मेटिने जवाफ दिएको छ । बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रीले आफ्नो कार्यकक्षमा छिर्न दिएको भन्दै उपभोक्ता हित संरक्षण मञ्चका सचिव जय प्रसाद पौडेलले अर्थ मन्त्रालयमा उक्त दिनको सीसीटिभी फुटेज माग गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स