आइएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच सेवामा छुट सम्बन्धि सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सका ग्राहकले ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । आइतबार इन्स्योरेन्स र क्लिनिकबीच सेवा प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र क्लिनिकका प्रबन्ध निर्देशकशिव राज केसीले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी, सेयरधनी तथा ग्राहकहरुलाई महाराजगंजस्थित ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा प्राप्त हुने सेवाहरु (एक्सरे, युएसजी, इसिजी, इको) मा १० प्रतिशतसम्म र ओपिडी सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त हुनेछ ।

साथै, सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले ग्यालेक्सी स्पेसियालिटी क्लिनिक सँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकमहानुभावहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स