सेयर बजारमा हरियाली छाँउदा, आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ ।

आइतबार, नेप्से परिसूचक ५७.६१ अंकले बढेर २०८६.३८ अंक विन्दुमा आइपुगेको छ ।

आज ६२ लाख २७ हजारको कित्ता सेयर २ अर्ब ४८ करोड ४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीमा हरियाली छाएको छ ।

आज १७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनी स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, २ अर्ब ४८ करोड कारोबार हुँदा ङादी ग्रुप पावरको सेयर सर्वाधिक खरिदबिक्री हुन पुगेको छ । कम्पनीको आज एकैदिन २२ करोड २८ लाख ६९ हजार ८८९ रुपैयाँको कारोबार भएको छ । कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन भएको कारण सो कम्पीको सेयर लगानीकर्ताहरुले धमाधम खरिद गरेका हुन् ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ८ करोड ८१ लाख, शिवम् सिमेन्ट्सको ६ करोड ९७ लाख, एनआइसी एशिया बैंकको ६ करोड ८९ लाख र नेपाल पुनर्बीमा कम्पनीको ६ करोड २६ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स