काठमाडौं । नेपाल धितोपत्र बोर्डसँग विभिन्न २६ कम्पनीले ५ अर्ब ६२ करोड १२ लाख ७० हजार ४०० रुपैयाँ बराबरको आईपीओ निष्कासन अनुमति मागेका छन् । माग अनुसारमा बोर्डले आईपीओ निष्काशनको लागि अनुमति दिएमा बजारमा कुल ५ करोड ९ लाख ५५ हजार २०४ कित्ता सेयर थपिनेछ । आईपीओ निष्काशनको लागि अनुमति माग्नेमा सबैभन्दा बढी जलविद्युत कम्पनी रहेका छन् ।
१३ जलविद्युत् कम्पनी, ६ लघुवित्त कम्पनी, २ इन्सुरेन्स कम्पनी, २ होटल तथा पर्यटन र मुक्तिनाथ कृषि कम्पनी, हाथवे इन्भेष्टमेन्ट तथा डिस मिडिया नेटवर्क रहेको छ ।
आईपीओ निष्काशनको लागि रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् र आईएमई आईफ इन्स्योरेन्स रहेका छन् ।
धितोपत्र बोर्डमा आईपीओ अनुमति माग्ने अधिकांश कम्पनीले आफ्नो वार्षिक साधारण सभामार्फत आइपीओ निकाष्सन गर्ने प्रस्ताव पारित गरिसकेका छन् ।
प्राथमिक बजारमा आईपीओ जारी भएपछि सेयर कारोबारका लागि नेप्से तथा सीडीएसमा सूचीकरण गर्नुपर्छ । आईपीओले पुँजी बजारको दायरा थप फराकिलो पार्ने गर्छ । पछिल्लो समय सर्वसाधारणमा आईपीओ आकर्षण अत्याधिक देखिएको छ । फेस भ्यालुमा लगानी गर्न पाइने भएकाले नयाँ लगानीकर्ताको आगमन पनि बढ्दो क्रममा छ । मागभन्दा कयौं गुणा बढी आवेदन पर्दै आएको छ ।