काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । रेड्मी नोट ११ प्रो मा किफायती मूल्यमा उत्कृष्ट क्यामेरा र छिटो चार्ज हुने ब्याट्री रहेको कम्पनिले घोषणा गरेको छ । स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन प्रदान गर्ने लक्ष्यका साथ शाओमीले रेड्मी नोट ११ प्रो लन्च गरेको हो ।
उत्कृष्ट फोटोग्राफी प्रदान गर्न फ्ल्यागशिप–स्तरको १०८ एमपी क्वाड क्यामेरा
क्यामेराको सन्दर्भमा रेड्मी नोट ११ प्रो मा रहेको रियर क्वाड क्यामेरा सेटअपले बिना कुनै सम्झौता उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्दछ । हाई– रेजोल्युसन र आश्चर्यजनक रंगहरूमा फोटोहरू क्याप्चर गर्नको लागि १०८ एमपी मेन क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड–एंगल क्यामेरा, ११८–डिग्री भ्युइंङ एंगल, २ एमपी म्याक्रो क्यामेरा, २ एमपी को देप्थ क्यामेरा र १६ एमपी को फ्रन्ट क्यामेरा यस फोनमा समावेश गरिएको छ । जस्तोसुकै प्रकाशको अवस्था, विशेष गरी मधुरो प्रकाशमा अविश्वसनीय फोटो खिच्नको लागि १०८ एमपी प्रो–ग्रेडको मेन क्यामेराम Samsung HM2, 1/1.52 इन्चको ठूलो सेन्सर साइजको साथ 9–in–1 पिक्सेल बिनिङ टेक्नोलोजीको साथसाथै डुअल नेटिभ आइएसओ समर्थन गर्दछ ।
67W टर्बो चार्जिङ र MediaTek Helio G96 द्वारा संचालित
रेड्मी नोट ११ प्रोमा पावर अपको लागि MediaTek Helio G96 प्रोसेसर रहेको छ भने यसको फ्ल्यागशिप 67W टर्बो चार्जिङले यसको 5000mAh उच्च क्षमताको ब्याट्री १५ मिनेटमै ५१% सम्म चार्ज गरिदिन्छ ।
ट्रेंडी फ्ल्याट–एज डिजाइनमा ज्ञद्दण्ज्श 120Hz FHD± AMOLED डट डिस्प्ले
20Hz डिस्प्ले रिफ्रेस रेटको साथ 6.67” FHD± AMOLED DotDisplay को साथ रेड्मी नोट ११ प्रो ले स्मूथ स्क्रोलिङ र ल्याग–फ्री ट्रान्जिसन सुनिश्चित गर्दछ । ट्रेंडी फ्ल्याट–एज डिजाइनको डिस्प्लेको साथै, यसमा रहेको डुअल सुपर लिनियर स्पिकरहरूको साथमा, रेड्मी नोट ११ प्रोले गेमिङ वा भिडियोहरू हेर्नको लागि इमर्सिभ स्टेरियो साउन्ड प्रदान गर्दछ ।
ग्रेफाइट ग्रे, पोलर ह्वाइट, स्टार ब्लू गरि तीन रंगहरूमा उपलब्द यी फोन 6GB+128GB and 8GB+128GB गरि दुइवटा स्टोरेज भेरियन्टमा उपलब्द छन् जसको मूल्य क्रमशः रु. ३४,९९९ र रु. ३६,९९९ रहेको छ ।