इङ्वा हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने

काठमाडौं । इङ्वा हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

बोर्डको अनुमति पश्चात् कम्पनीले स्थानीय वासिन्दा र सर्वसाधारणको लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका १८ लाख कित्ता आईपीओ निष्कासन गर्ने छ ।

कम्पनीले पहिलो चरणमा स्थानीय वासिन्दाका लागि आईपीओ निष्काशन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि आइपीओ बिक्री गर्नेछ ।

कम्पनीले एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकका लागि नियुक्त गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स