८ अंकले घट्यो नेप्से, दुई कम्पनीमा सर्किट, शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ ।

शुक्रबार, नेप्से परिसूचक ८.८७ अंकले घटेर २०२८.७७ अंक विन्दुमा आइपुगेको छ ।

आज ३६ लाख ६३ हजारको कित्ता सेयर १ अर्ब ४५ करोड ९३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ ट्रेडिङ, फाइनान्स, माइक्रोफाइनान्स बाहेक सबै कम्पनीमा राताम्मै देखिएको छ ।

आज ६२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२६ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनी स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आँधिखोला लघुवित्त र सिवाइसी नेपाल लद्युवित्तमा ९.९९ प्रतिशतको सर्किट लागेको छ ।

आज शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५ करोड ५७ लाख रुपैयाँ माथिको कारोबार भएको हो ।

त्यस्तै, एशियन लाइफको ५ करोड २२ लाख, नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ९० लाख, हिमालयन डिस्टिलरीको ४ करोड ६२ लाख रुपैयाँ र एनआइसी एशिया बैंकको ४ करोड ५१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स