नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाद्धारा पदभार ग्रहण

काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले आज आषाढ १७ गते (शुक्रवार)देखि आफ्नो कार्यभार सम्हालेका छन् । नबिल बैंक लिमिटेडकोे आषाढ १६ गते सम्पन्न संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त गरेको होे ।

बैंकिङ क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव सँगालेका ढुंगानाले यसभन्दा अगाडि नेपाल बंगलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए । यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गरेका थिए ।

भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तिय विष्लेषणमा स्नातकोत्तर को अध्ययन पूरा गरेका ढुंगाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा म्यानेजर टु वाच र सन् २०१५ मा म्यानेजर अफ दि एयर विधामा पुरस्कृत भएका थिए । कार्यकारी अधिकृत ढुंगाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा चयन भएका थिए ।

उनको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा समेत नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ । यस नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा ज्ञानेन्द्र प्रसाद ढुंगानालाई हार्दिक स्वागत गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स