राप्ती हाइड्रोको आईपीओ बाँडफाँड

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको हो । असार १६ गते (बिहिबार) बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आफ्नै कार्यालयमा सेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपीओमा आवेदन दिने योग्य आवेदकलाई ५ लाख ७५ हजार १ सय ७० कित्ता सेयर बाँडफाँड गरिएको छ । स्थानीयलाई बिक्री नभएको ३७ हजार ६ सय २३ कित्ता सर्वसाधारणमा थपेर निष्काशन हुनेछ ।

कम्पनीले प्रतिकित्ता १०० अकिंत दरमा ६ करोड १२ लाख ७९ हजार ३०० मूल्य बराबरको ६ लाख १२ हजार ७९३ कित्ता सेयर निष्काशन गरेको थियो ।

क्यापिटलले जेठ २४ गतेदेखि असार १० गतेसम्म आयोजना प्रभावितलाई आईपीओ बिक्री खुला गरेको थियो ।

स्थानीयलाई सेयर निष्काशन गरि बाँडफाँड गरेपछि अब कम्पनीले सर्वसाधारणलाई सेयर निष्काशन गर्ने छ ।

कम्पनीले रुकुमपूर्व जिल्लाको सिस्ने र भूमे गाउँपालिका हुँदै बहने रुकुमगाड खोलामा पाँच मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स