क्याप्टेन नपाएपछि नेपाल वायुसेवा निगमले यात्रुलाई अलपत्र पारेर गर्यो उडान नै क्यान्सिल

काठमाडौं । नेपाल वायु सेवा निगमले क्याप्टेन नपाएपछि भारतको बेंग्लोर भर्न लागेको उडानै रद्द गरेको छ ।आज बिहीबार दिउँसो १ बजेर ४५ मिनेटमा उड्नुपर्ने जहाज क्याप्टेन उपलब्ध नहुने भएपछि अन्तिम समयमा यात्रुलाई समेत पूर्वजानकारी नदिई उडान रद्द गरिएको हो ।

करिब १ सय ३९ जना यात्रुसहित बेंग्लोर जान लागेका उक्त उडान रद्द गरिएको विषयमा यात्रुलाई कुनै जानकारी गराइएको थिएन । उक्त जहाजले बेंग्लोर जाँदा पनि १ सय ३९ यात्रु लिएर जाँदै थियो भने आउँदा पनि १ सय ६ जना यात्रु लिएर आउँदै थियो । उडान रद्द हुँदा नेपाल आउन बेंग्लोरमा पर्खेर बसेका यात्रु समेत अलपत्र परेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स