ड्राइभिङ लाइसेन्सको परीक्षा भदौ २० गतेदेखि खुल्ने, अनलाइन फारम भर्ने मिति अर्को सूचना पछि खुलाइने

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को परीक्षा भदौं २० गतेदेखि सञ्चालन हुने भएको छ । यातायात व्यवस्था विभागले ड्राइभिङ लाइसेन्स परीक्षा सञ्चालन गर्न अनुमति प्रदान गरेसँगै यातायात लाइसेन्स कार्यालयहरुले भदौं २० गतेदेखि परीक्षा सञ्चालन गर्ने भएका हुन् ।

कोभिड–१९ भाइरसको दोस्रो लहरका कारण बैंशाख १५ गतेदेखि ड्राइभिङ लाइसेन्सको आवेदन र परीक्षा दुवै स्थगित भएको थियो । सरकारले हाल निषेधाज्ञा खुकुलो गरेसँगै काठमाडौं उपत्यका ४ यातायात लाइसेन्स कार्यालयहरु (यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना-यातायात व्यवस्था कार्यालय जगाती-यातायात व्यवस्था कार्यालय चाबहिल-यातायात व्यवस्था कार्यालय ठुलो भर्याङ)का प्रमुखहरुको भदौ ४ गते बसेको बैठकले लाइसेन्स परीक्षा खुलाउने निर्णय गरेको थिए । उनीहरुले अनुमतिका लागि ४ गते नै विभागलाई पत्राचार गरेका थिए ।

विभागले भदौ १० गते कार्यालयहरुको प्रस्ताव स्वीकृत गरेर स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गर्दै लिखिन तथा प्रयोगात्मक परीक्षा (रिट्रायल) भदौ २० गतेदेखि सञ्चालन गर्न अनुमति प्रदान गरेको हो ।

भदौ २० गतेदेखि ड्राइभिङ लाइसेन्सका लागि प्रयोगात्मक परीक्षाको लागि आवेदन दिई वायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थी, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षा (ट्रायल) मा सहभागी हुने सम्पूर्ण परीक्षार्थीहरु र कार्यालयमा उपस्थिति भई वर्ग थपको (एड क्याटेगोरी) लागि दर्ता गरी सकेका ड्राइभिङ लाइसेन्सको परीक्षामा सहभागी हुन पाउने सूचनामा उल्लेख छ ।

ड्राइभिङ लाइसेन्सका लागि अनलाइन फारम बुझाएका र अनलाइन फारम खुलाउने विषयमा अर्को सूचना जारि गरेर जानकारी दिने यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र ठुलोभर्याङका सूचना अधिकारी उपेन्द्र साहले बताए ।

प्रतिक्रिया

10 COMMENTS

  1. नयाँ फारम चाई कहिले खुल्छ नि
    जानकारी पौ

  2. पैला फम भरेको ले के गर्नी हो अब पुरानोले नै हुन्छ कि नया भर्नु पर्छ

  3. पोइलै from भर्ने ले के गर्ने फेरि भर्नु पर्ने होर कि पुरानो भरेको from ले मिल्छ सर 🙏

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स