नेपालका लागि नवनियुक्त भारतीय राजदूतद्वारा राष्ट्रपति समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज राष्ट्रपति भवन, शितल निवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

ओहोदाको प्रमाणपत्र पेश गरेपश्चात राजदूत श्रीवास्तवले आजै सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटमा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश सुनाएका छन् । राजदूत श्रीवास्तवले हालै भएको सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण र माननीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा नयाँ गति प्रदान गरेको उल्लेख गरे ।

साथै उनले दुई देशबीचको मैत्री सम्बन्धलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । श्रीवास्तव नेपालका लागि भारतका २६ औं राजदूत हुन् । पूर्व राजदूत विनय मोहन क्वात्रा विदेश सचिवको कार्यभार सम्हाल्न २०२२ अप्रिलमा दिल्ली गएपछि श्रीवास्तव नयाँ राजदूतका रुपमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स