कांग्रेस सरकारले गर्यो एमाले नेताका भाइ रमेश घिमिरेलाई निक्षेप तथा कर्जा सुरक्षण कोषमा सीईओमा नियुक्त

काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रमेश घिमिरेलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कोषको सीईओमा नियुक्त भएका घिमिरे प्रदेश १ का सांसद तथा पूर्व मन्त्री जीवन घिमिरेका भाइ हुन् । कांग्रेस सरकारले एमाले नेताका भाइलाई कोष सीईओ पदमा नियुक्त गर्नुको कारण के हुन सक्छ ? नत्र अन्य बेलामा यस्ता संस्थामा नियुक्त गर्दा जुन सरकार छ त्यहि राजनीतिक दलका झोलेहरू तथा उनका आसेपासेले यस्तो नियुक्ति पाउने गरेका छन् ।
अहिले भने त्यो नभएर अर्को धारबाट गरिएको नियुक्तिालाई स्वार्थपूर्ण कि अर्थपूर्ण मान्ने त्यो भने अहम प्रश्न बनेको छ ।

राजस्व सचिव कृष्णहरी पुस्करको संयोजकत्वमा गठित सीईओ छनोट तथा सिफारिस समितिले घिमिरेसहित कविराज अधिकारी र रमेश दाहालको नाम सिफारिस गरेको थियो ।

कोषमा घिमिरेलाई ४ वर्षका लागि नियुक्त गरिएको हो । यसअघिका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रको कार्यकाल सकिएपछि कोषमा उक्त पद खाली छ । उक्त पदमा नियुक्तिका लागि छनोट तथा सिफारिस समितिले दुई पटकसम्म आवेदन आह्वान गरेको थियो ।

दोस्रो पटकमा प्राप्त आवेदनमध्येबाट अन्तरवार्ता तथा कार्यपत्र प्रस्तुतिका लागि ५ जना कविराज अधिकारी, मेघेन्द्रप्रकाश गिरी, रमेश कुमार पोखरेल, रमेश घिमिरे र रमेश दाहाललाई डाकिएको थियो । उनीहरुमध्येबाट तीन जना छनोट गरी सिफारिस गरिएको थियो ।

उक्त पदमा नियुक्त हुनका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन, वाणिज्य कानुन, लेखा, बैंकिङ वा बीमा विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको वा चार्टर्ड एकाउन्टेन्ट उपाधि हासिल गरेको हुनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स