काठमाडौं । नेपाल धितोपत्र बोर्डमा बिपीडब्लु लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशनका लागि आवेदन दिएको छ ।
कम्पनीले सर्वसाधारणको लागि प्रति कित्ता १ सय रुपैयाँका दरले ९७ हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति माग गरेको हो।
कम्पनीले असार ८ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मेगा क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ।
लघुवित्तको अधिकृत तथा जारी पूँजी ३ करोड रुपैयाँ रहेको छ । हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ३ लाख रुपैयाँ रहेको छ ।सर्वसाधारणका लागि ९७ लाख रुपैयाँ रकम बराबरको ९७ हजार कित्ता सेयर निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ३ करोड रुपैयाँ पुग्नेछ ।