१४.९२ प्रतिशत वाणिज्य बैंकहरुको लाभांश बाढ्न सक्ने औसत क्षमता, कुन बैंकले कति बोनस दिन सक्छ

काठमाडौं । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीलाई औसतमा १४.९२ प्रतिशत लाभांश दिन सक्ने देखिएको छ । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार औसतमा सेयरधनीलाई १४.९२ प्रतिशत लाभांश दिन सक्ने देखिएको हो ।

वाणिज्य बैंकहरुले गत वर्षको वितरण योग्य नाफाबाट ३.५७ प्रतिशतदेखि ४९.२४ प्रतिशतसम्म सेयरधनीलाई लाभांश दिन सक्छन् । सबैभन्दा उच्च लाभांश दिन सक्ने क्षमता नेप्सेमा सूचिकृत नभएको राष्ट्रिय वाणिज्य बैंक रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले ४९.२४ प्रतिशत लाभांश दिन सक्छ ।

नेपाल एसबीआई बैंक सेयरधनीलाई सबैभन्दा कम लाभांश दिन सक्ने क्षमता राख्दछ । बैंकले ३.५७ प्रतिशत लाभांश दिन सक्छ ।

वाणिज्य बैंकहरुको लाभांश दिन सक्ने क्षमता बैंकहरुले गत आवमा आर्जन गरेको वितरण योग्य नाफा र सेयर संख्याको आधारमा निकालिएको हो । समाचारमा लेखिए अनुसार नै बैंकहरुले लाभांश दिन सक्छन् भन्ने छैन । बैकहरुले लाभांश घोषणा गर्दा यो संख्यामा केही तलमाथि हुन सक्छ ।

राष्ट्रिय वाणिज्य बैंक
नेप्सेमा सूचिकृत नभएको एक मात्र वाणिज्य बैंक हो, राष्ट्रिय वाणिज्य बैंक । यो पूर्ण सरकारी स्वामित्वको बैंक हो । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै लाभांश दिने क्षमता राष्ट्रिय वाणिज्य बैंकसँग छ । नेप्सेमा सूचिकृत नभएकाले यो बैंकले सर्वासाधारणलाई लाभांश वितरण गर्नुपर्दैन । गत आवमा बैंकले ४ अर्ब ५२ करोड २४ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको कायम चुक्ता पूँजी ९ अर्ब १८ करोड ४८ लाख रुपैयाँ छ । बैंकले सेयरधनीलाई ४९.२४ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

नबिल बैंक
नबिल बैंक निजी क्षेत्रको लगानीमा रहेको बैंकमध्ये सबैभन्दा बढी लाभांश दिनसक्ने क्षमता राख्छ । नबिल बैंकले गत आवमा ४ अर्ब १४ करोड ६२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पूँजी १३ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ छ । बैंकले २९.९४ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

नेपाल बैंक
नेपाल बैंकले गत आवमा ३ अर्ब ४९ करोड ७० लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी १२ अर्ब ६३ करोड ६७ लाख रुपैयाँ छ । बैंकले सेयरधनीलाई २७.६७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

ग्लोबल आईएमई बैंक
चुक्ता पूँजीको आधारमा सबैभन्दा ठूलो बैंक, ग्लोबल आईएमई हो । ग्लोबल आईएमई बैंकले गत आवमा २ अर्ब ७६ करोड १९ लाखरुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ छ । बैंकले सेयर धनीलाई १२.७६ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

प्राइम बैंक
प्राइम बैंकले गत आवमा २ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी १६ अर्ब ८ करोड ३० लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १६.५६ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले गत आवमा २ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । बैंकको हाल कायम चुक्ता पूँजी ८ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ छ । बैंकले गत आवको नाफाबाट सेयर धनीलाई २६.४७ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

एनएमबि बैंक
एनएमबि बैंकले गत आवमा २ अर्ब ३३ करोड ४७ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी १६ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ छ । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १४.३० प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

हिमालयन बैंक
हिमालयन बैंकले गत आवमा २ अर्ब १६ करोड ९८ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पूँजी  १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ छ । गत आवको नाफाबाट बैंकले २०.३१ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले गत आवमा १ अर्ब ९९ करोड ३३ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी १६ अर्ब २५ करोड ७३ लाख रुपैयाँ छ । बैंकले सेयरधनीलाई १२.२६ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंक सेयरधनीलाई १६.६२ प्रतिशत लाभांश दिने क्षमता राख्छ । गत आवमा बैंकले १ अर्ब ९२ करोड १७ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । बैंकको हाल कायम चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ छ ।

कृषि विकास बैंक
कृषि विकास बैंकले गत आवमा १ अर्ब ७३ करोड ५० लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी १६ अर्ब ४२ करोड २६ लाख रुपैयाँ छ । बैंकले सेयरधनीलाई १०.५६ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

सानिमा बैंक
सानिमा बैंकले सेयर धनीलाई १७.४५ प्रतिशत लाभांश दिने क्षमता राख्छ । बैंकले गत आवमा १ अर्ब ६८ करोड ९७ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको हाल कायम चुक्ता पूँजी ९ अर्ब ६८ करोड १५ लाख छ ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकले गत आवमा १ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी ११ अर्ब ६६ करोड २० लाख रुपैयाँ छ । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १३.५४ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

मेगा बैंक
मेगा बैंकले गत आवमा १ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी १४ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १०.३४ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

प्रभु बैंक
प्रभु बैंकले गत आवमा १ अर्ब ४८ करोड २४ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी ११ अर्ब ३४ करोड ७० लाख रुपैयाँ छ । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १३.०६ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले सेयरधनीलाई १६.३८ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।
बैंकले गत आवमा १ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी ९ अर्ब ४८ लाख रुपैयाँ छ ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले गत आवमा १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी १० अर्ब ९६ करोड २२ लाख रुपैयाँ छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ११.११ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक
स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आवमा १ अर्ब १७ करोड १७ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी ८ अर्ब ५७ करोड २२ लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १३.६७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले गत आवमा १ अर्ब १३ करोड २७ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी ९ अर्ब ५ करोड ३० लाख रुपैयाँ छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १२.५१ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

बैंक अफ काठमाडू
बैंक अफ काठमाडू्ले गत आवमा १ अर्ब १२ करोड ७१ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । बैंकको चुक्ता पूँजी ९ अर्ब ६५ करोड ८१ लाख रुपैयाँ छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ११.६७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

कुमारी बैंक
कुमारी बैंकले गत आवमा १ अर्ब ९ करोड ४२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी १३ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ७.८८ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

लक्ष्मी बैंक
लक्ष्मी बैंकले गत आवमा १ अर्ब ३६ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको कायम चुक्ता पूँजी १० अर्ब ६९ करोड ५६ लाख रुपैयाँ छ । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ९.३८ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

एनसीसी बैंक
एनसीसी बैंकले गत आवमा ७१ करोड ४७ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी १० अर्ब ३१ करोड ४५ लाख रुपैयाँ छ । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ६.९३ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

सन् राईज बैंक
सन् राईज बैंकले गत आवमा ६० करोड १५ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पूँजी ९ अर्ब ४८ करोड ७९ लाख रुपैयाँ छ । बैंकले ६.३४ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

सेञ्चुरी बैंक
सेञ्चुरी बैंक गत आवमा ५९ करोड ४६ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पूँजी ९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ छ । बैंकले ६.५८ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

सिभिल बैंक
सिभिल बैंकले गत आवमा ४९ करोड ८५ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब ६४ करोड ३६ लाख रुपैयाँ छ । बैंकले सेयरधनीलाई ५.७७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

नेपाल एसबीई बैंक
नेपाल एसबीई बैंकले गत आवमा ३३ करोड ९२ लाख रुपैयाँ वितरण योग्य नाफ कमाएको छ । बैंकको चुक्ता पूँजी ९ अर्ब ४९ करोड ३५ लाख रुपैयाँ छ । बैंकले सेयरधनीलाई ३.५७ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स