पाठ्यक्रममा बीमा विषय समावेश सम्बन्धी अन्तरक्रिया

काठमाडौं । बीमा समितिको आयोजनामा आज ललितपुरमा विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा बीमा विषय समावेश सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका प्रा.डा. पारसनाथ यादवले देशका ग्रामीण भेगसम्म बीमा सम्बन्धी चेतना नपुगेको अहिलेको अवस्थामा बीमा शिक्षालाई व्यापकता दिनका लागि विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा विस्तृतरुपमा नभए पनि संक्षिप्तरुपमा बीमा विषय समावेश गर्नु आवश्यक भएको बताए ।

उनले बीमा जोखिम व्यवस्थापन विज्ञान समेत भएकाले विश्वविद्यालयका पाठ्यक्रमको परिमार्जनका क्रममा बीमा विषय समावेश गर्न आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधि लेखराज खनालले बीमालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न र बीमा पुस्तक विकास गर्नका लागि बीमा समितिसँग सहकार्य गरेर अघि बढ्न केन्द्र तयार रहेको बताए ।

बीमा समितिका निर्देशक कमलप्रसाद रेग्मीले बीमा शिक्षालाई व्यापकता दिनका लागि पाठ्यक्रममा बीमा विषय समावेश गर्न समितिले निरन्तर पहल गर्दै आएको बताए ।

कार्यक्रममा बीमा समितिका उपनिर्देशक केशवप्रसाद दाहालले बीमा क्षेत्रको वर्तमान अवस्था र पाठ्यक्रममा बीमा विषय समावेश सम्बन्धी प्रस्तूती गर्नुभएको थियो भने बीमा समितिका सहायक निर्देशक शम्भुप्रसाद मिश्रले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

बीमा समितिका सहायक निर्देशक राम कोजुले संचालन गरेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालय र साझा प्रकाशनका प्रतिनिधि, विभिन्न शैक्षिक प्रतिष्ठानमा बीमा विषयमा अध्ययनरत विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स