४४ करोड ३८ लाख राजस्व छलि गर्ने १९ जना विरुद्ध मुद्दा

काठमाडौं । राजस्व छलि गर्ने १९ जना विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ । भन्सार नाका प्रयोग नगरी, प्रज्ञापन पत्र समेत नभरी समान आयात गर्ने र विभिन्न मालसमान खरिद बिक्रीको बिल चेकजाँच नगराई भन्सार, आयकर, मूल्य अभिवृद्धि कर र लाभांश कर नतिर्ने विरुद्ध विभागले मंगलबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।

अर्कैंको नाममा व्यवसाय सञ्चालन सरकारलाई तिर्नु पर्ने राजस्व नबुझाई बदनियपूर्ण कार्य गरेको पाइएपछि ४४ करोड ३८ लाख बढीको माग दावीसहित मुद्दा दर्ता गरिएको विभागले आज विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।

अभियुक्तको विवरण
पशुपति रोड क्यारियर्स नेपाल प्रा.लि. (स्थायी लेखा नं. ३०१५८१४३५) का सञ्चालक पर्सा जिल्ला, वीरगंज महानगरपालिका वडा नं. १० (साविक विरगंज उपमहानगरपालिका वडा नं. १३) आदर्श नगर स्थायी ठेगाना भई हाल काठमाण्डौ जिल्ला,काठमाण्डौ महानगरपालिका वडा नं. १४ रविभवन बस्ने महेन्द्र प्रसाद गुप्ता ।

पशुपति रोड क्यारियर्स नेपाल प्रा.लि. (स्थायी लेखा नं.३०१५८१४३५) का सञ्चालक पर्सा जिल्ला, वीरगंज महानगरपालिका वडा नं. १० (साविक वीरगंज उपमहानगरपालिका वडा नं. १३) आदर्श नगर स्थायी ठेगाना भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १४ रविभवन बस्ने राजेन्द्र प्रसाद गुप्ता ।

पशुपति रोड क्यारियर्स नेपाल प्रा.लि. (स्थायी लेखा नं. ३०१५८१४३५) का सञ्चालक पर्सा जिल्ला, वीरगंज महानगरपालिका वडा नं.१० आदर्शनगर स्थायी ठेगाना भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १४ रविभवन बस्ने मधु कुमारी गुप्ता ।

पशुपति रोड क्यारियर्स नेपाल प्रा.लि.(स्थायी लेखा नं. ३०१५८१४३५) का कर्मचारी ठाना तरवाना गाँउपालिका सिवान जिल्ला विहार राज्य भारत स्थायी ठेगाना भएका भारतिय नागरिक ओम प्रकाश भनिने उपेन्द्र कुमार सिंह ।

पशुपति रोड क्यारियर्स नेपाल प्रा.लि (स्थायी लेखा नं. ३०१५८१४३५) का कर्मचारी पर्सा जिल्ला, विरगञ्ज महानगरपालिका वडा नं. २, छपकैया स्थायी ठेगाना भई हाल चन्द्रागिरी न.पा. ढुङ्गेअड्डा काठमाडांै बस्ने अन्जियन आलम ।

न्यू मनकामना सप्लायर्स (स्थायी लेखा नं.६०५००३२२४) का प्रोपाइटर रुपन्देही जिल्ला, सिद्धार्थ नगर नगरपालिका ज्ञ बेलहिया स्थायी ठेगाना रही ऐ.ऐ. बस्ने रेखा जैसवाल ।

न्यू मनकामना सप्लायर्स (स्थायी लेखा नं.६०५००३२२४) का मुख्य कारोबारी रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका ज्ञ बेलहिया बस्ने राकेश प्रसाद जैसवाल।

सुद्रानिया इम्पेक्स (स्थायी लेखा नं. ३००१४४४५३) का प्रोपाइटर काठमाडौं  जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.२५ बस्ने भरत कुमार अग्रवाल ।

का.म.न.पा. २२ स्थित आर.एन. एस. इन्टरनेशनल प्रा.लि (स्थायी लेखा नं. ६०३५०४९९८) का सञ्चालक, पाल्पा जिल्ला, साविक चिर्लुङ्धारा गा.वि.स. वडा न ७ हाल बगनासकालीन गाँउपालिका वडा नं. १ स्थायी ठेगाना भएका अमित प्रधान ।

का.म.न.पा. २२ स्थित आ.एन. एस इन्टरप्राइजेज प्रा.लि (स्थायी लेखा नं.६०३५०४९९८) का व्यवस्थापक, पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं. १५ स्थायी ठेगाना भई हाल काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं. ५ मा बस्ने सुजित महर्जन ।

का.म.न.पा. २२ स्थित आ.एन. एस. इन्टरनेशनल प्रा.लि. (स्थायी लेखा नं. ६०३५०४९९८) का कर्मचारी, पाल्पा जिल्ला तानसेन नगरपालिका–९स्थायी ठेगाना भई हाल का.म.न.पा. ३२ कोटेश्वर बस्ने श्यामप्रसाद बस्याल ।

अरुण क्लोथ सप (स्थायी लेखा नं.टण्टद्धद्दघढछछ) का प्रोपाइटर, बागमति न.पा. वडा न. ७ राजघाट ठेगाना भई हाल काठमाण्डौ जिल्ला का.म.न.पा बाफल बस्ने चन्द्र बहादुर श्रेष्ठ ।

का.म.न.पा. २२ काठमाण्डौ स्थित अरुण क्लोथ सप (स्थायी लेखा न. टण्टद्धद्दघढछछ) र फेसन ब्याय सेन्टर (स्थायी लेखा नं. घण्ज्ञछडद्धद्दढट) का मुख्य कारोबारी, नोम ताबा रोड क्.द्य.क्ष्.ब्.त् मधुपुर देवघर झारखण्ड ठेगाना भइ हाल ताहाचल काठमाण्डौ बस्ने भारतिय नागरिक टिङ्कु भनिने अभिषेक कुमार ।

काठमाडौं जिल्ला का.म.न.पा. २२ काठमाण्डौ स्थित अरुण क्लोथ सप (स्थायी लेखा नं. टण्टद्धद्दघढछछ) का कर्मचारी साविक नुवाकोट जिल्ला जिलिङ गाँउपालिका वडा नं. ७ बाघघर, हाल नुवाकोट जिल्ला बेलकोट न.पा. १० स्थायी ठेगाना भई हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिका आकाशेधारा बस्ने कर्मचारी जय बहादुर भट्ट ।

काठमाडौं जिल्ला का.म.न.पा. २२ स्थित एन.ए.इम्पेक्स (स्थायी लेखा न.टण्ठद्दण्टछढछ) को प्रोपाइटर मथुरा प्रसाद केडियाको नातिनी जगदिश प्रसाद केडियाको छोरी अतुल गोयलको श्रीमती काठमाण्डौ जिल्ला, कागेश्वरी नगरपालिका ९ स्थित सन सिटीमा बस्ने रिमा केडिया ।

का.म.न.पा. २२ स्थित एन.ए. इम्पेक्स (स्थायी लेखा नं.६०७२०६५९५)को मुख्य कारोबारी पर्सा जिल्ला, वीरगंज महानगरपालिका वडा नं.१० स्थायी ठेगाना भई हाल का.म.न.पा. वडा न.१३ ताहाचाल बस्ने सुभाष चन्द्र अग्रवाल ।

का.म.न.पा वडा नं. २७ भोटाहिटी स्थित एआरसाडी कलेक्सन (स्थायी लेखा नं.६०७२१७०७०) का प्रोपाइटर भारत मोतिहारी जिल्ला अरेराज घर भई हाल काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका मैतिदेवी बस्ने भारतीय नागरिक सोहन शाह ।

काठमाडौं जिल्ला, का.म.न.पा वडा नं. २७ भोटाहिटी स्थित ए.आर. साडी. कलेक्सन (स्थायी लेखा न.६०७२१७०७०) का मुख्य कारोबारी भारत मोतिहारी जिल्ला वेतिया नगरपालिका अरेराज घर भई हाल काठमाण्डौ महानगरपालिका मैतिदेवी बस्ने नन्दन कुमार, ।

काठमाडौं जिल्ला.का.म.न.पा वडा नं.२५ स्थित एजिलिटी मार्केटीङ प्रा.लि. (स्थायी लेखा न. ६०१८५४९९६) का सञ्चालक, नागर्जुन नगरपालिका ६ रामकोट काठमाण्डौ स्थायी ठेगाना भई ऐ.ऐ. बस्ने तीर्थराज पुरी ।

काठमाडौं जिल्ला.का.म.न.पा वडा नं. २७ कमलाक्षी स्थित खुशी साडी कलेक्सन (स्थायी लेखा न. ६१३२१६९९१)का प्रोपाइटर मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं. ११ स्थायी ठेगाना भएकी किरण देवी साह ।

काठमाडौं जिल्ला, का.म.न.पा वडा नं.द्दद्द खिचापोखरी स्थित एच.डि.एम. इन्टरप्राइजेज (स्थायी लेखा न.६००२३६२९४) का प्रोपाइटर, कामपा स्थायी ठेगाना भई ऐ.ऐ.बस्ने सुरेश श्रेष्ठ ।

काठमाडौं जिल्ला ,का.म.न.पा वडा नं. २५ नघटोल स्थित राजकुमार एण्ड सन्स (स्थायी लेखा न.३००१४९६७०) का प्रोपाइटर भारतिय नागरिक राजकुमार अग्रवाल ।

काठमाडौं जिल्ला, का.म.न.पा वडा नं. २५ नघटोल स्थित राजकुमार एण्ड सन्स (स्थायी लेखा न.३००१४९६७०) का मुख्य कारोबारी भारत पश्चिम बंगाल दार्जिलिङ लेडेन्ला रोड स्थायी ठेगाना भई हाल कामपा२८ ढल्कु बस्ने श्री मिलाप सिंघले ।

काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २४ महाबौद्ध स्थित न्यु उत्सब ट्रेड कन्सर्न (स्थायी लेखा न.६०११७१२४६) का प्रोपाइटर काभ्रेपलाञ्चोक जिल्ला साविक पोखरीचौर ०९ हाल चौरीदेउराली गाँउपालिका ५ स्थायी ठेगाना भइ हाल का.म.न.पा. १० नयाँबानेश्वर बस्ने लिला गौतम ।

धादिङ जिल्ला साविक खाल्टे गा.वि.स. वडा. न. ४ हाल निलकण्ठ नगरपालिका वडा न. ५ स्थायी ठेगाना भई हाल काठमाण्डौ महानगरपालिका वडा न. २५ इन्द्रचोक स्थित गोदाम लिइ कारोबार गर्ने दामोदर रिमाल ।

काठमाडौं जिल्ला, का.म.न.पा वडा नं. २२ रञ्जना गल्लीमा रहेको फेसन ब्वाइ सेन्टर (स्थायी लेखा न. ३०१५८४२९६) का प्रोपाइटर बाग्लुङ जिल्ला साविक किनाराटोल ४ स्थायी ठेगाना भइ हाल अमेरिका बस्ने दिनेश्वर कुमार झा ।

काठमाडौं जिल्ला, कामपा २२ रंजना गल्लीमा रहको फेसन ब्वाय सेन्टर (स्थायी लेखा न.३०१५८४२९६) का मुख्य कारोबारी मधुपुर देवघर झारखण्ड ८१५३५३, भारत घर भइ हाल ताहाचल काठमाडांै बस्ने सुमित कुमार डाल्मिया ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स