नबिल बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले २८ हजार ५८९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

इच्छुक व्यक्ति तथा संघसंस्थाले आगामी ७ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार कार्यालय नबिल इन्भेष्टमेन्ट बैकिंङ लिमिटेड, नक्साल नारायणचौरमा आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

कम्पनीले यसअघि पहिलो चरणमा जेठ ५ गते संस्थापक सेयरधनीहरका लागि ३५ दिने सूचना प्रकाशित गरेको थियो ।

सो अवधिभित्र संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेकोले कम्पनीले अन्य व्यक्ति तथा संघ संस्थाको लागि बिक्रीमा ल्याएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स