११ महिनामा जीवन बीमा कम्पनीले १ खर्ब १९ अर्बको व्यवसाय गरे, सन् नेपाल लाइफको व्यवसाय डब्बल

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिना (जेठ) सम्ममा १ खर्ब १९ अर्ब ४७ करोड ८१ लाख रूपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन् । चालु आर्थिक वर्षको यो अवधिमा बीमा कम्पनीहरूले उठाएको बीमा शुल्क गत आर्थिक वर्षको यही अवधिको तुलनामा १६.७५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यही अवधिमा जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब २ अर्ब ३४ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेका थिए ।

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनामा आर्जन गरेको बीमा शुल्कमध्य २८.३४ प्रतिशत अर्थात ३३ अर्ब ८५ करोड ९१ लाख रुपैयाँ प्रथम बीमा शुल्कबाट आर्जन गरेको बीमा समितिले जनाएको छ । नवीकरण शुल्क वापत जीवन बीमा कम्पनीहरूले ८५ अर्ब ६१ करोड ९० लाख रुपैयाँ बीमा शुल्क आर्जने छ । यस अवधिमा १ करोड २६ लाख ३२ हजार ३७३ वटा सक्रिय बीमालेख रहेको समितिको समितिको तथ्यांक छ ।

१९ वटा जीवन बीमा कम्पनीहरू सबै कम्पनीले राम्रो व्यवसाय गरेका छन् । बीमाशुल्क आर्जनमा नेपाल लाइफको अग्रता कायम नै छ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसाय भने यो अवधिमा खस्किएको छ ।

जीवन बीमातपर्फ नेपाल लाइफले बीमा बजारमा आफ्नो बचस्वलाई कायम राख्दै यो अवधिमा ३० अर्ब ६७ करोड ९० लाख रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । यो जीवन बीमा कम्पनीहरूले आर्जन गरेको कुल बीमाशुल्कको २५.६८ प्रतिशत हो । गत आर्थिक वर्षको जेठसम्ममा कम्पनीले २७ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको ११ महिनासम्ममा सबै जीवन बीमा कम्पनीहरूले बीमाशुल्क बढाँउदा गुराँस लाइफ इन्स्योरेन्सको व्यवसाय भने खस्किएको छ । गुराँस लाइफले चालु अािर्थक वर्षको यो अवधिमा २ अर्ब ७३ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा गुराँस लाइफले ३ अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

जीवन बीमा कम्पनीहरूमा नेपाल लाइफको हिस्सा बढी भएपनि नयाँ जीवन बीमा कम्पनीहरुले पनि आफ्नो व्यवसाय विस्तारलाई तिब्रता दिएका छन् ।

यो अवधिमा सबैभन्दा धेरै बीमाशुल्क सन नेपाल लाइफ इन्स्योरेन्सले कमाएको छ । यस अवधिमा सन नेपाल लाइफको बीमाशुल्क ८९.९५ प्रतिशतले बढेर ३ अर्ब ५३ करोड ३० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ८६ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो ।

महालक्ष्मी लाइफले पनि समीक्षा अवधिमा बीमा व्यवसाय ६८.७२ प्रतिशतले बढाएर १ खर्ब २८ करोड २२ लाख पुर्याएको छ । कम्पनीले गत आर्थिक वर्षको यो अवधिमा जम्मा ७६ करोड रुपैयाँमात्रै बीमा शुल्क आर्जन गरेको थियो ।

यो अवधिमा बीमा व्यवसायमा फड्को मार्ने तेस्रो बीमा कम्पनीका सिटिजन लाईफ इन्स्योरेन्स परेको छ । कम्पनीले उक्त अवधिमा ४ अर्ब ६१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले आर्जन गरेको बीमा शुल्क गत आवको सोही अवधिको तुलनामा ६०.७६ प्रतिशतले बढी हो ।

२०७९ जेठसम्म राष्ट्रिय बीमा संस्थान, मेट लाइफको व्यवसाय १० प्रतिशतभन्दा कम छ भने नेपाल लाइफ इन्स्योरेन्स, सूर्या लाईफ इन्स्योरेन्सको व्यवसाय गत आवको सोही अवधिको तुलनामा क्रमशः ११.२८ र १७.८२ प्रतिशतले मात्रै वृद्धि भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स