के छ त महेन्द्रले नयाँ सार्वजनिक गरेको द स्कर्पियो एसमा ?

सन् १९४५ मा स्थापना गरिएको महिन्द्रा ग्रुप १०० भन्दा बढी देशहरूमा २,६०,००० कर्मचारी भएका कम्पनीहरूको सबैभन्दा ठूलो र प्रशंसनीय बहुराष्ट्रिय महासंघ हो । यसको भारतमा कृषि उपकरण, उपयोगिता सवारी साधन, सूचना प्रविधि र वित्तीय सेवाहरूमा नेतृत्वदायी स्थान प्राप्त छ र संख्यात्मक रूपमाद्वारा विश्वकै सबैभन्दा ठूलो ट्रयाक्टर कम्पनी हो । नवीकरणीय ऊजा, कृषि, बन्दोबस्ती (लजिस्टिक), आतिथ्य र रियल इस्टेटमा यसको बलियो उपस्थिति छ ।
महिन्द्रा ग्रुपले विश्वव्यापी रूपमा ईएसजीको नेतृत्व गर्ने, ग्रामीण समृद्धिलाई सक्षम बनाउने र शहरी जीवनलाई उकास्ने, समुदाय र सरोकारवालाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने र उनीहरूको उदयका लागि सक्षम तुल्याउने लक्ष्यमा स्पष्ट ध्यान दिएको छ ।

के छ त महेन्द्रले नयाँ सार्वजनिक गरेको द स्कर्पियो एनमा ?

ठूलो, बलवान, शक्तिशाली, अत्याधुनिक र सुरक्षा र प्रविधिले भरिएको, द स्कर्पियो–एन नामकरणलाई यो तथ्यलाई प्रतिनिधित्व गर्नको लागि ध्यानपूर्वक छनोट गरिएको थियो कि यसले खेललाई एनको शक्तिसम्म पु¥याउँछ ।

रोमाञ्चक कार्यदक्षता
नयाँ युगको प्रामाणिक एसयूभी खोज्नेहरूका लागि नयाँ द स्कर्पियो–एनलाई इञ्जिनियरिङ गरिएको छ । हाम्रो नयाँ तेस्रो पिढीको बडी–अन–फ्रेम प्लेटफर्ममा निर्माण गरिएको द स्कर्पियो–एनले अग्रणी वर्ग– (क्लास लिडिङ) संरचनात्मक कठोरता, अफ–रोड क्षमता र उदाहरणीय अन–रोड व्यवहारको गर्व गर्दछ । द स्कर्पियो–एन एक , जसमा १४९.१४ किलोवाट (२०० पीएस) शक्ति र ३८० एनएम टेर्क उत्पादन क्षमताको टीजीडीआई एमस्टालियन (पेट्रोल) इन्जिनद्वारा सञ्चालित छ र १२८.६ किलोवाट (१७५ पीएस) शक्ति र ४०० एनएम टकको एमहक (डीजल) इन्जिनयुक्त पनि छ, दुवै म्यानुअल र अटोमेटिक ६ स्पिड ट्रान्समिसन र फोरव्हील ड्राइभ (४ह्४) विकल्पसहित छ ।

छुटाउन नसकिने उपस्थिति
द स्कर्पियो–एन ले पौरुसत्व कारकलाई पूरै नयाँ तहमा अगाडि लैजान्छ । सिग्नेचर ह्वील आर्चहरू पौडीवाज व्यक्तिको पुष्ट रूपरेखा (सिन्यूल सिल्हुट)बाट प्रेरणा लिंदै अझ बढी आकर्षक मासंपेशीयुक्त (मस्कुलर) बनाइएका छन् । धातुको स्कर्पियो (बिच्छी)को पुच्छरजस्तो तत्वलाई बेल्टलाइनमा निर्बाध रूपमा एकीकृत गरिएको छ, यो झ्यालको माथिसम्म पूरै घुम्दै, स्कर्पिया –एनलाई थप आकर्षण दिन्छ । डिजाइनको कमान्डिङ प्रकृति सहजै अग्रभागमा पनि अनुवादित भएको छ । स्कर्पियो (बिच्छी)को चरित्र सर्वव्यापी छ किनकि अग्लो, स्ट्याक गरिएको टेलल्याम्प डिजाइनले अगाडिको जस्तै पछाडिको भागमा एक प्रभावशाली उपस्थिति जनाउँछ ।

प्रिमियम रूपमा सजाइएको आन्तरिक साजसज्जा
पूर्णतः नयाँ द स्कर्पियो–एन बाहरिजस्तै भित्री रूपमा पनि मनमोहक छ । उत्कृष्ट कफी–ब्ल्याक लेथरेट अपहोल्स्ट्री, उत्कृष्ट कमाण्ड सिट पोजिसन, बलियो मेटल फिनिस्ड डुअल रेलमा घेरिएको सेन्टर कन्सोल, उन्नत इन्फोटेनमेन्ट प्रणाली र थप कुराहरूका साथ यात्रुहरूलाई स्वागत गर्दछ, जसले ‘प्रिमियम–नेस’लाई अर्को स्तरमा लैजान्छ । द स्कोर्पियो–एनका भित्री भागलाई अत्यधिक परिष्कृत अनुभूति प्रदान गर्नका डिजाइन गरिएको छ, जसले चालक र यात्रुहरूलाई समान रूपमा आनन्दित तुल्याउँछ ।

 

परिष्कृत सवारी सञ्चालन र ह्यान्डलिङ
द स्कर्पियो–एनले बेन्चमार्क ड्राइभिङ गतिशीलता प्रदान गर्न उपलब्ध सबैभन्दा जटिल प्रविधिहरूको प्रयोग गर्दछ । गतिशील क्षमता र आश्वासनदायी ह्यान्डलिङ क्षमताहरूको उल्लेखनीय स्तर प्रस्ताव गर्न नवीनतम पुस्ताको बडी–अन–फ्रेम संरचनालाई अनुकूलन गरिएको छ । यसबाहेक, आत्मविश्वासपूर्ण सवारी सञ्चालन र ह्यान्डलिङ विशेषता प्रदान गर्न पेन्टा–लिंक रियर
सस्पेन्सनयुक्त सेगमेन्ट–फस्र्ट वाट्स लिंक प्रणाली रहेको छ । यसको श्रेणीमा रहेको गाडीको लागि स्टेरिङ सेटअप उल्लेखनीय रूपमा सहज र प्रतिक्रियाशील हुन्छ तथा चार वटै डिस्क ब्रेकले आनन्ददायी तर सुरक्षित ड्राइभ सुनिश्चित गर्छ ।

‘जहाँ गए पनि’ क्षमता
द स्कर्पियो–एन फस्र्ट–इन–क्लास, इन्टेलिजेन्ट टेरेन म्यानेजमेन्ट टेक्नोलोजीको साथ सबै भूभागहरूमा आधिपत्य कायम गर्ने गरि डिजाइन गरिएको छ । केवल स्पर्शका साथ, इलेक्ट्रिक सिफ्ट–अन–द–फ्लाई ४व्हील ड्राइभ सिस्टमले २डब्ल्यूडी मोडबाट द स्कर्पियो–एनलाई सबै–विजय गर्ने, सक्षम ४डब्लूडी प्राणीमा रुपान्तरण गर्दछ । स्कर्पियो–एनले पनि चालकको मुडः जिप, जाप र जूम मिलाउन तीन ड्राइभ मोड प्राप्त गर्दछ । विशेष गरी भीडभाडयुक्त (ट्राफिक)मा सहज सवारीका सवारी लागि जिप, वास्तविक महिन्द्रा एसयूभी कार्यदक्षता लागि जाप र, थप आकर्षक र रोमाञ्चक सवारी सञ्चालको गुणस्तरको लागि जुम अप

प्रविधिसँगै उभिने
अल–न्यू स्कर्पियो–एनले प्रविधिमा उच्च स्कोर हासिल गर्दछ, जसले सहरी तथा प्राविधिक ज्ञान भएका ग्राहकहरूलाई अतुलनीय मूल्य प्रस्ताव प्रदान गर्दछ, जो आफ्नो एसयूभीसँग अर्को स्तरमा सहभागिताको खोजीमा छन् ।

स्वच्छ अन्तस्करण
अल–न्यू स्कर्पियो–एनमा यसको सेगमेन्टमा सबैभन्दा कम कार्बन उत्सर्जन हुन्छ । सुरुदेखि नै सक्षम इन्जिनियरिङ र उत्पादन विकासद्वारा यो उपलब्धि हासिल गरिएकोे हो । कार्बन तटस्थतातर्फ अघि बढ्ने महिन्द्राको लक्ष्य अन्तर्गत एमएन्डएमले सचेतनापूर्वक धेरै वातावरण मैत्री निर्माण प्रक्रिया अपनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स