सबैको लघुवित्त वित्तीय संस्थाले दियो ह्याण्ड वाश, हार्पिक तथा फिनेल बनाउने तालिम

काठमाडौं । चितवन जिल्लाको चनौलीमा सबैको लघुवित्त वित्तीय संस्थाले दियोह्याण्ड वाश, हार्पिक तथा फिनेल बनाउने तालिम।
तनहुँ जिल्ला बन्दीपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको ज्योतिनगर शाखाका आफ्ना ३९ जना ग्राहक सदस्यहरुको सहभागितामा २०७९ आषाढ ११ गते शनिबार चितवन जिल्लाको भरतपुर महानगरपालिका–१८, चनौलीमा ह्याण्ड वाश, हार्पिक तथा फिनेल बनाउने तालिम सम्पन्न गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षक बालकृष्ण सापकोटा, फर्स बहादुर के.सी., पार्वती मगर रहेका थिए ।

ह्याण्ड वाश बनाउन चाहिने सामग्री, ह्याण्ड वाश बनाउन चाहिने कच्चा पदार्थहरुको उपलब्धता, मूल्य, हार्पिक बनाउन चाहिने सामग्री, हार्पिक बनाउन चाहिने कच्चा पदार्थको उपलब्धता, मूल्य, फिनेल बनाउन चाहिने सामग्री, फिनेल बनाउन चाहिने कच्चा पदार्थहरुको उपलब्धता, मूल्य, संस्थाले प्रदान गरेको सेवाहरु, बचतको महत्व र बचतका प्रकारहरु, वित्तीय साक्षरता आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले बताएका थिए । संस्थाले पाँच वर्षदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरी रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि जानकारी गराएका थिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले पानसमा दीप प्रज्वलन गरी तालिमको उदघाटन गरेका थिए ।

तालिममा उपस्थित सहभागीहरुलाई सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड ज्योतिनगर शाखाका शाखा प्रमुख पार्वती मगरले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । तालिमको उद्देश्य, महत्व तथा संस्थाको प्रगति विवरण साथै संस्थाले उपलब्ध गराएको वित्तीय सेवाहरु त्था गैर वित्तीय सेवाहरुको बारेमा संस्थामा नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले जानकारी गराएको थिए । नायब महाप्रवन्धक श्रेष्ठले जुनसुकै परियोजना सञ्चालन गरे पनि ब्यवसायिक रुपमा ब्यवसाय सञ्चालन गरी अगाडि बढन जानकारी गराएका थिए । त्यसै गरी संस्थाको डुम्रे मुकामका सुपरीवेक्षण अधिकृत फर्स बहादुर के.सी.ले तालिममा सक्रियतापूर्वक सहभागी भई तालिमलाई ब्यवहारमा उतार्न पहल गर्न अनुरोध गरेका थिए । त्यसै गरी संस्थाका वित्त विभाग प्रमुख, सूचना प्रविधि विभाग प्रमुख तथा वरिष्ठ प्रवन्धक गंगापाल चौधरीले तालिममा सक्रियतापूर्वक सहभागी भई राम्रोसँग सिक्न, तालिमलाई ब्यवहारमा उतारेर फाईदा लिन र फाईदा भएको रकम बचत गर्न सुझाएका थिए । तालिमका मुख्य प्रशिक्षक बालकृष्ण सापकोटाले ह्याण्ड वाश, हार्पिक, फिनेलको महत्व, फाईदा बारेमा जानकारी गराएका थिए । तालिमको सुभारम्भ सत्रका अध्यक्ष तथा यस सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख अतिथी केशब कुमार पौडेलले आफ्नो मन्तब्यको क्रममा ह्याण्ड वाश, हार्पिक तथा फिनेल तालिम लिएर ब्यवसाय सञ्चालन गरी फाइदा लिन जानकारी गराएका थिए । प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले कर्जाको सदुपयोगिता गरेमा मात्र फाईदा हुने भएकोले कर्जा सदुपयोगिता गर्न सुझाएका थिए साथै तालिममा लिएका सीपलाई ब्यवहारमा लागू गर्न समेत जानकारी गराउँदै तालिमको प्रथम सत्रको समापन गरेका थिए ।

यो सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ कार्यालयहरुको सञ्जालहरु मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितोमा कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आई रहेको छ । यस संस्थाले देशको ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई शाखाहरु स्थापना गरी सदस्यहरुलाई आवश्यकतानुसार लगानी गर्दै आई रहेको छ । संस्थाले २०७९ जेष्ठ मसान्तसम्ममा ७४ हजार २३४ घरधुरीहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७९ जेष्ठ मसान्तसम्ममा लगानीमा रहेको कर्जा . ४ अरब ५० करोड ६१ लाख रहेको छ भने ग्राहक सदस्यहरुको १ अरब ३० करोड १ लाख बचत परिचालन गरेको छ ।

तालिमको मूल्याकंन गर्दै सहभागीहरु प्यारो सबैको महिला समूह की सदस्य गोपिनी खतिवडा, सेमरीटाउन सबैको महिला समूह की सदस्य निर्मला थापा, चन्द्रोदय सबैको महिला समूह की सदस्य नानीमाया सुवेदि, दुर्गा मन्दिर सबैको महिला समूह की सदस्य राधा पौडेलले मन्तब्य राखेका थिए । ह्याण्ड वाश, हार्पिक, फिनेल उत्पादन गर्न सकिएको खण्डमा फाईदा लिन सकिने रहेछ । मन्तब्यका क्रममा वक्ताहरुले तालिममा सिकेका कुराहरु ब्यवहारमा उतार्न अनुरोध गरेका थिए । सहभागीहरुले तालिममा सिकेका ज्ञान, सीप ब्यवहारमा उतार्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

संस्थाले ग्राहक सदस्यहरुलाई वित्तीय सेवाहरुका साथसाथै ग्राहक सदस्यहरुको क्षमता अभिवृद्धि गराउन तथा ब्यवसायिक रुपमा ब्यवसाय सञ्चालन गर्न सघाउ पु¥याउन विभिन्न किसिमका सीप विकास तालिम सञ्चालन गरी रहेको छ । संस्थाले यस आर्थिक वर्षमा संस्थाका आफ्ना ग्राहक सदस्यहरुलाई विभिन्न किसिमका सीप विकास तालिमहरु सञ्चालन गर्दैं जाने लक्ष्य रहेको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले जानकारी गराएका थिए ।

तालिमको अन्त्यमा तालिममा सहभागीहरुलाई प्रमाणपत्रका साथै ह्याण्ड वाश, हार्पिक र फिनेल पनि वितरण गरिएको थियो । तालिमको सञ्चालन चितवन जिल्ला स्थित ज्योतिनगर शाखाका कनिष्ठ सहायक कल्पना योगीले गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स