२३ अंकले घट्यो नेप्से, २ अर्ब ४ करोडको कारोबार, ३ कम्पनीमा सर्किट

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ अंक विन्दुमा आइपुगेको छ ।

आज ५६ लाख ४१ हजारको कित्ता सेयर २ अर्ब ४ करोड ४८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ लाइफ इन्सोरेन्स र इन्भेष्टमेन्ट बाहेक सबैमा राताम्मै देखिएको छ ।

आज २४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६८ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सिवाइसी नेपाल लद्युवित्तमा ९.९९%, न्यादी हाइड्रोपावर ९.९६% र लाइफ ईन्सोरेन्स नेपालमा ९.१५ प्रतिशतको सर्किट लागेको छ ।

आज सर्वाधिक नागरिक लगानी कोषको सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १५ करोडमाथिको सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयरमूल्य आज एकैदिन ११४ रुपैयाँका दरले वृद्धि भएसँगै लगानीकर्ताहरुले धमाधम सेयर बिक्री गरेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स