आदर्श लघुवित्तको आईपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता सेयर, यसरी हेर्नुस् नतिजा

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । आज सोमबार बिहान बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडको कार्यालय नक्सालमा आईपीओ बाँडफाँड भएको हो ।

आईपीओमा १६ लाख ७४ हजार ६ सय ५२ जनाबाट १ करोड ८४ लाख २४ हजार ९ सय कित्ताको लागि आवेदन परेको छ । १ हजार ८ सय ५८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । योग्य रहेका १६ लाख ७२ हजार ७ सय ९४ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराई सेयर बाँडफाँड गरिएको छ ।

जस अनुसार कुल ६ हजार २ सय ६१ जनाले मात्र सेयर पाएका छन् । ६ हजार २ सय ६१ जना मध्ये ५ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ता सेयर पाएका छन्। यस हिसाबमा आवेदन दिएका मध्ये १६ लाख बढी आवेदन हात खाली भएका छन् ।

संस्थाले असार १ गतेदेखि आईपीओ निष्काशन गरेको हो । लघुवित्तले ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गरेको हो ।

लघुवित्तले निष्काशन गरेको कुल ६७ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ६२ हजार ६१५ कित्ता सेयरका लागि आवेदन दिएका छन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिने व्यवस्था थियो । हाल लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ छ । आईपीओ बाँडफाँड पश्चात लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।

आईपीओको नतिजा प्रकाशन भएको केहि समयपछि यी ४ तरिकाबाट हेर्न सकिने छ ।

१. बिक्री प्रबन्धक बिओके क्यापिटलको वेबसाइट : https://bokcapital.com.np/

२. सिडीएससीको मेरोसेयरको वेबसाइट : meroshare.cdsc.com.np/#/login

३. सिडीएसको वेबसाइट : iporesult.cdsc.com.np/

४. आदर्श लघुवित्त कम्पनीको वेबसाइट : https://www.adarshamicrofinance.com/

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स