मर्जमा जाँदै ज्योति र सूर्या लाइफ, सहमति माग्न भोलि बीमा समिति जाँदै

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स पनि एक आपसमा मर्ज हुने भएका छन् । यी दुई कम्पनीले एक आपसमा गाम्ने÷गाभिनका लागि बीमा समितिमा आज प्रस्ताव लैजाने तयारी गरेका थिए । तर, आज उक्त कम्पनीहरूले प्रस्ताव ल्याउन नभ्याएकाले भोलि आउने समिति उच्च स्रोतले जानकारी दिएको छ ।
यी दुई कम्पनीले सेयर स्वाप रेसियो कति रहन्छ भन्ने विषयमा भने दुबै कम्पनीको डीडीए गरेपछि मात्रै टुंगो लाग्ने बुझिएको छ । हाल ज्योति लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ भने सूर्या लाइफको २ अर्ब ५५ करोड चुक्ता पुँजी रहेको छ ।

बीमा समितिले आगामी चैतमसान्तसम्म जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरूलाई साढे २ अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएपछि बीमा कम्पनी एक आपसमा गाभ्ने गाभिने क्रम बढ्दो मात्रामा रहेको छ । यसअघि मर्जरमा जानका लागि सहमत भएका हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले मर्जरको लागि बीमा समितिबाट अन्तिम स्वीकृति पाएका छन् । बीमा समितिले असार ८ गते दुवै कम्पनीलाई एक आपसमा मर्जर हुनको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।

दुवै कम्पनीको असार २ गते बिहिबार सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जरका लागि १००ः८५ रुपैयाँको स्वाप रेसियो तय भएको छ ।

त्यसपछि प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले पनि मर्जरमा जानका लागि बीमा समितिबाट स्वीकृत लिएर सम्झौता गरिसकेका छन् ।

बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सलाई एक आपसमा गाभ्न र गाभिन (मर्जर) वैशाख २३ गते सैद्धान्तिक सहमति दिएको हो ।

बीमा समितिले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ को दफा ६ बमोजिम यी तीन बीमा कम्पनीलाई एक आपसमा गाभ्न र गाभिन सैद्धान्तिक सहमति दिएको हो । साथै सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्यांकनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्न समेत निर्देशन दिइएको छ ।

ती कम्पनीहरुले आफूहरुबीच आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने सहमति भएको जानकारी दिँदै त्यसका लागि संयुक्त रुपमा निवेदन दिई सहमति माग गरेकाले समितिले त्यस सम्बन्धमा सहमति प्रदान गरेको हो ।

‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ को दफा ६ बमोजिम हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सलाई एक आपसमा गाभ्न र गाभिन सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स