पूर्व डेपुटी गभर्नर शिवाकोटीको नयाँ म्युजिक भिडियो बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । मोरङ जिल्लाको ऐतिहासिक दोहमना बजारको सेरोफेरोलाई लिएर शिवाकोटीले उक्त म्युजिक भिडियोका लागि गीत रचना गरेका हुन् ।

‘जहाँ मैले मेरो बाल्यकाल विताए, जहाँ मैले कक्षा ४ देखि १० सम्मको अध्यन पुरा गरे, जहाँको खोला नाला र माटोसँग मेरो कहिल्यै नटुट्ने सम्बन्ध र माया बस्यो तिनै ठाउँहरू, त्यहाँको रहन सहन, विशेष खानपान, त्यहाँको ऐतिहासिक र धार्मिक स्थानहरूलाई समेटेर गीत तयार पारेको हुँ,’ उनले भने ‘यो म्युजिक भिडियोले प्यारो गाँउलाई विश्वभर छरिएका नेपालीहरूबीच चिनाउने त छँदैछ अपितु त्यस भेगको आन्तरिक पर्यटनलाई समेत प्रर्बद्वन गर्ने विश्वास लिएको छु ।’

उक्त म्युजिक भिडियोमा गायक तुलसी पराजुली र प्रविशा अधिकारीको स्वर रहेको छ । शिवाकोटीको ८ औं संस्करणको रुपमा उक्त म्युजिक भिडियो आएको हो ।

यसअघि शिवाकोटीको ‘कोटेश्वर र ठिमीलाई केन्द्रबिन्दु बनाएर तयार पारिएको उक्त म्युजिक भिडियोमा संंगीतकार आलोक श्रीको संगीत र गायक रामकृष्ण ढकालको स्वर रहेको थियो । उक्त म्युजिक भिडियोमा विकास लामिछाने, साक्षी लम्साल र महेश खडकाले अभिनित गरेका थिए ।

यसअघि शिवाकोटीको ‘बैंक खाता’ भन्ने गिती म्युजिक भिडियो सार्वजनिक भएको थियो । शिवाकोटीको उक्त म्युजिक भिडियोले वित्तीय साक्षरता सम्बन्धी सन्देश दिएको छ । ‘समृद्धिसँग जोडौं नाता, सबै नेपालीको बैंक खाता’ भन्ने शव्दले सबै नेपालीलाई बैंक खाता खोल्न प्रेणित गरेको छ भने बैंक खाता खोल्दा हुने फाइदा र बैंक खाता खोल्ने प्रक्रियाका वारेमा समेत गीतमा सुन्न्न र देख्न पाइन्छ । उक्त म्युजिक भिडियोमा कलाकारदेखि बैंकका सीईओहरूले अभियन गरेका छन् ।

‘बैंक खाता’ भन्ने म्युजिक भिडियो अघि शिवाकोटीको ‘हिमालबाट हिउँ पग्लि’ भन्ने गिती म्युजिक भिडियो रिलिज भएको थियो । उक्त म्युजिक भिडियोमा ‘हिमालबाट हिउँ पग्लि तराई मधेश अर्झुपर्छ, तराईको अन्नपात पहाड हिमाल चड्नु पर्छ’ भन्ने गीतको बोल रहेको छ ।

राष्ट्र बैंकमा ३० वर्ष काम गरेर सेवा निवृत्त भएका शिवाकोटीको यस अघि ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने म्युजिक भिडियो रिलिज भएको थियो । यसअघि ‘जुनी जुनी’, जिउँदै छु र आएन खबर म्युजिक भिडियो रिलिज भइसकेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स