प्रहरीका श्रीमतीहरूले मानसिक अवस्था गुमाएका ४० जनालाई खाना खुवाए

चितवन । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुशुमलता सिंहले चितवन मानव सेवा आश्रम भएका तथा मानसिक अवस्था गुमाएर सडक पेटीमा बसोबास गर्दै आएका ४० जनालाई एक दिवसीय खाना वितरण गरेकी छिन् ।

सोही अवसरमा चितवन डाक्टर श्रीमती संघकी अध्यक्ष ममता शर्मा न्यौपानेले मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूको निःशुल्क उपचार गराइ परिवारलाई जिम्मा लगाउने बताइन् । ‘उपचारपछि पनि घर फर्कन नचाहनेहरूलाई आश्रममा राखिर त्यहि उनीहरूको उपचारका साथै खान र बस्न समेत व्यवस्था गरिन्छ,’ उनले भनिन् ।

संघले विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न विवश, अनाथ, अशक्त, मानसिक सन्तुलन गुमाएका, मागेर पनि खान असमर्थ व्यक्तिहरूको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा दिनभरिको भोजन सेवा सहयोग प्रदान गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स