प्रधानमन्त्रीमा तेस्रो मौका दिनुहोस्, किनकी मेरै नेतृत्वमा हजारौ नेपालीको बलिदान भएको छः प्रचण्ड

काठमाडौं । गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनः प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेका छन् । नेपाल पवर्तारोहण संघले आयोजना गरेको कार्यक्रममा परिवर्तनको लागि बलिदान र संघर्षको नेतृत्व गर्नेहरू अलिकति साइड लागेजस्तो भएको बताए । त्यसको विरोध गर्नेको हातमा डाडु पन्यु हुने बिडम्बना भएको जाहेर गरे ।

पहिलो पटक प्रधानमन्त्री बन्दा झिलिमिली मानैै बित्यो, सपना हो कि विपना भनेर हेर्दाहेर्दै बित्यो, दोस्रो पटकमा केही साच्चिकै परिवर्तन गर्ने कोसिस गरेको हो मलाई त्यसमा गर्व छ त्यति बेला मधेशलाई पनि विश्वासमा लिएर देशलाई निर्वाचनमा लैजानु सानो कुरा थिएन ।

तेस्रो पटक मौका दिने हो भने देशमा वितेका तमाम विसङ्गतीलाई प्रहार गर्दै देशलाई नयाँ युगमा लैजाान सकिन्छ भनेर बताएका छन् । किनकी मेरै नेतृत्वमा हजारौ नेपालीको बलिदान भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स