राजस्व सचिवमा कृष्णहरि पुष्कर

काठमाडौं । सरकारले सचिव कृष्णहरि पुष्करलाई राजस्व सचिवको जिम्मेवारी दिएको छ । हिजो बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले पुष्करलाई राजस्व सचिवको जिम्मेवारी दिएको हो ।

पुष्कर केहि समम अघिमात्र सचिवमा बढुवा भएका हुन् । सरकारले उनीलगायत ५ जना सचिवलाई अतिरिक्तमा राखेको थियो । डा.रामप्रसाद घिमिरे, कृष्णहरि पुष्कर कर्ण, खगेन्द्र प्रसाद नेपाल, किरणराज शर्मा, हरिप्रसाद मैनाली पनि नेपाल सरकारको जगेडा सचिवमा थिए । अर्थमन्त्री जनार्दन शर्माले कान्छा सचिवबाट राजस्व सचिव छनोट गर्दा पुष्करलाई यो अवसर मिलेको हो ।

हुन त राजस्व सचिव बन्नका लागि एक से एक क्याडर थिए । तर, पनि गठबन्धन सरकारले धेरै अघिदेखि ओझेलमा परेका र सधै लो प्रोफाइलमा बस्ने सचिव पुष्करलाई महत्वपूर्ण सचिवको जिम्मेवारी दिएको छ । पुष्करलाई गत असार सचिवमा बढुवा गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स