ङादी ग्रुप पावरले १ करोड कित्ता हकप्रद सेयर निष्काशनका लागि पायो बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ङादी ग्रुप पावर लिमिटेडलाई हकप्रद सेयर निष्काशनका लागि अनुमति प्रदान गरेको छ । बोर्डले असार ९ गते कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।

विद्युत नियमन आयोगले ङादी ग्रुप पावरलाई १ः१।५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएकोमा कम्पनीले सो अनुपातमा हकप्रद जारी नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेकोमा बोर्डले समेत हकप्रद जारी गर्न अनुमति दिएको छ ।

बोर्डको अनुमति पाएसँगै अब ङादी ग्रुप पावरले १०० रुपैयाँ अंकित दरमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर जारी गर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स