प्रोभिजिङ थपिने त्रासमा बैंकहरू, एनआईसी एशियालाई ३ अर्ब र सानिमालाई २ अर्ब भार थप्दै राष्ट्र बैंक

बैंकको लाभांश घट्ने पक्का

काठमाडौं । चालु आर्थिक वर्षको अन्त्य नजिकिएसँगै यति बेला बैंकहरू त्रैमासमा देखिएका छन् । राष्ट्र बैंकले गर्न लगाउने प्रोभिजिङ, निक्षेप संकलन तथा रिकभरिका कारण बैकरहरू यति बेला तनावका साथै त्रासमा पनि देखिएका छन् । बैंक तथा वित्तीय संस्थाले वित्तीय अनुशासन परिपालना नगर्दा पछिल्लो समय राष्ट्र बैंकले प्रोभिजिङमा कडाइ गरेको छ । राष्ट्र बैंकको इन्स्पेक्सनले खराब कर्जा अझ थपिने देखिएको छ ।

जेठ दोस्रो साता ग्लोबल आईएमई बैंकलाई ३ अर्ब रुपैयाँ प्रोभिजिङ गर्न पत्र काटेको राष्ट्र बैंकले फेरि एनआईसी एशिया बैंक र सानिमा बैंकलाई पनि प्रोभिजिङ गर्नको लागि पत्र काटेको छ । राष्ट्र बैंकले केहि दिन अघि एनआईसी एशिया बैंकलाई ३ अर्ब रुपैयाँ र सानिमा बैकलाई २ अर्ब रुपैयाँ प्रोभिजिङ गर्न लगाएको हो ।

राष्ट्र बैंक उच्च स्रोतका अनुसार बैकहरूको खराव कर्जा बढ्दै गएपछि उनीहरूलाई सोही अनुसारको प्रोभिजिङ गर्न लगाएको हो । राष्ट्र बैंकले जेठ तेस्रो साता सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र स्टाण्डर्ड चार्टड बैकलाई प्रोभिजिङ थप गर्न लगाएको थियो । राष्ट्र बैंकको सोही बैठकले गरिमा विकास बैंक र पोखरा फाइनान्सलाई पनि प्रोभिजिङ गर्न लगाउने निर्णय गरेको थियो ।

वैशाख महिनासम्म एनआईसी एशिया बैंकले ४५ करोड ४९ लाख रुपैयाँ प्रोभिजिङ गरेको छ भने सानिमा बैंकले ३५ करोड रुपैयाँ प्रोभिजिङ गरेको छ । त्यसरी नै ग्लोबल आईएमई बैंकले पनि वैशाख महिननमा ४३ करोड ५६ लाख प्रोभिजिङ रहेको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको प्रोभिजिङ वैशाख महिना मै २ अर्बभन्दा माथि छ अझ थपिने देखिएको छ । स्टाण्डर्ड चार्टड बैकको प्रोभिजिङ २२ करोड ९१ लाख रहेको छ । यी दुबै बैंकको पनि प्रोभिजिङ गर्न लगाउने भएको छ ।

चालु आवको वैशाखसम्म बैक तथा प्रोभिजिङ २० अर्ब ३९ करोड रुपैयाँ थियो । एक महिनाको अवधिमा खराब कर्जा २ अर्ब ५५ करोड रुपैयाँले बढेको हो । सो प्रोभिजिङमा वाणिज्यहरूको मात्रै १९ अर्ब ५५ करोड रुपैयाँ प्रोभिजिङ गरेका थिए । वैशाख महिनामा वाणिज्य बैकहरूको प्रोभिजिङ १७ अर्ब ९ करोड रुपैयाँमात्रै थियो ।

बैंकले राष्ट्रको सुपरिवेक्षण विभागले गरेको अडिटअनुसार अहिले बैंकहरूमा खराब कर्जा बढ्दो क्रममा रहेको छ र यस्तै हुने हो भने दर्जन भन्दा बढी बैंक थप प्रोभिजिङमा पर्ने देखिएको हो ।

बैंकले प्रवाह गरेको कर्जा उच्च जोखिममा परेको र बैंकले वित्तिय अनुशासन कायम नगरेको फेला परेपछि यी बैंकहरूलाई प्रोभिजिङ गर्न लगाउने निर्णय भएको राष्ट्र बैंक उच्च स्रोतले बताएको छ ।

राष्ट्र बैंकले थप प्रोभिजिङ गर्न निर्देशन दिन लागेको एनआईसी एशिया बैंकलदे भने राष्ट्र बैंकले अहिलेसम्म इन्स्पेसन नै नगरेको र त्यत्रो प्रोभिजिङ गर्न कम्तीमा पनि ४ सय खाताको इन्स्पेक्सन (परीक्षण) गर्नुपर्ने बताए ।

बैंकले असारमसान्तसम्म धेरै लोन रिकभरी हुने भएकोले अझ प्रोभिजिङ घट्ने जनाएको छ । अहिले राष्ट्र बैंकले धमाधम बैंकहरूको अडिट गर्ने काम गरिरहेको छ । अडिट भएका कतिपय बैंकको रिपोर्ट पास भइसकेको अवस्था छ । राष्ट्र बैंकले अन्य बैंकको वित्तीय प्रतिवेदन सुक्ष्म रुपमा हेर्दै आएको छ ।

राष्ट्र बैंकले वाच लिष्टमा रहेको कर्जामा ५ प्रतिशत, शंखास्पद कर्जामा २५ प्रतिशत, स्पेशल कर्जामा ५० र खराब कर्जामा शतप्रतिशत प्रोभिजिङ गर्न लगाउने व्यवस्था गरेको हो ।

कोरोनाका कारण कर्जा तिर्न समस्या हुँदा बैंकहरूको प्रोभिजिङ बढ्दै गएको थियो । यो आर्थिक वर्ष लागेपछि प्रोभिजिङ राख्नुपर्ने लोन केहि घटेपनि अहिले भने ठूला र स्थापित बैंकहरूको खराब कर्जा बढ्दै गएको छ ।

यदि बैंकहरूको यसरी कर्जा जोखिम बढ्दै जाने हो भने मुनाफाबाट आर्जित सबै नाफा प्रोभिजिङमा राख्नु पर्ने हुन्छ र आगामी वर्ष बैंकहरू लाभांश बाड्न नसक्ने अवस्थामा पुग्न सक्ने देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स