काठमाडौं । भारत सरकारले नेपालका बाढी तथा पहिरो पीडित परिवारहरुलाई राहत सामग्री वितरण गर्न सहयोग गरेको छ । भारत सरकारको तर्फबाट मिशन उप–प्रमुख नामग्या खम्पाले नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई ८ करोड बराबरको राहत सामग्री हस्तान्तरण गरे ।
भारतले वितरण गरेको राहत सामग्रीमा टेन्ट, प्लास्टिक सिट, स्लीपिङ्ग म्याट र औषधिहरु रहेका छन् । नेपालका पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रुपन्देही, गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लामा वितरण गरिनेछ ।