पुँजीबजार लगानीकर्ताको १९ बुँदे माग सम्बोधन गर्न बन्यो समस्या कार्यान्वयन समिति, भोलि अनसन तोडिने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आन्दोलनमा उत्रिएका पुँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरूको समस्या समाधान गर्न समस्या कार्यान्वयन समिति बनाएको छ । बोर्डका अध्यक्ष रमेश हमालले लगानीकर्ताहरूको मागलाई सम्बोधन गर्न उक्त समिति बनाएका हुन् ।

समितिमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिथान श्रेष्ठ र वियजदेव आचार्य रहेको उक्त समितिमा पुँजी बजार सम्बन्धी ज्ञान भएका दुई जना विज्ञ र पुँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरूको संस्थाबाट १/१ जना प्रतिनिधि रहने सेबोनले जानकारी दिएको छ ।

सेबोनले बनाएको उक्त समितिमा संघर्ष समितिका संयोजक कोराइलाको एकल निर्णयमा तोकिने भएको छ । संघर्ष समितिका प्रेस संयोजक एपपी चौलागाईले उहाँले तोकेका व्यक्ति समितिमा बस्ने जानकारी दिए । ‘उक्त समितिमा को को लागनीकर्ता जाने भन्ने एकल निर्णय उहाँकौ नै हुनेछ,’ उनले भने ‘हाम्रो १९ बुँदे मागको कार्यान्वयनका सम्बन्धमा तिथि मिति तोकियो भने अनसन भोलि बिहीबार तोडिन्छ ।’

असार १ गतेदेखि पुँजी बजार संघर्ष सुधार समितिका संयोजक तिलक कोइराला अनसनमा बसेका छन् । आज समिति बनेर संघर्ष समितिले राखेका मागहरू यो यो मितिमा पुरा गर्ने प्रतिवद्धता आएको भए आजै संयोजक कोइरालाले अनसन तोड्ने थिए ।

समय अभावका कारण आज एक प्रकारले बनिसकेको सहमति समेत तोडिएपछि भोलि फेरि छलफल गरेर अनसन तोडाउने बुझिएको छ । अनसन बसेका कोइराला हिजो मंगलबार विरामी परेर पाटन अस्पतालको इमजेन्सीमा लगिएको थियो ।

यद्यपि लगानीकर्ताले राखेका १९ बुदे मागमध्ये कतिपय बुँदा भने सेबोनको निर्णयले आधिकारिकता पाउने देखिदैन । सेबोन पुँजी बजारको नियामक निकाय हो ।

लागनीकर्ताले राखेको सीडी रेसियोको सीमा र ४/१२ को क्याप हटाउनु , बैंकले ब्रोकर लाइसेन्स दिन पाउनेलगायतका बुँदा सेबोनमा भन्दा पनि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग गासिएको विषय हो । त्यसैले पनि सेबोनलाई यो निर्णय लिन त्यति सहज छैन । सेबोनल गर्न सक्ने केहि बुँदा कार्यान्वयनको लागि अघि बढिसकेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स