काठमाडौं । साताको चौथो दिन सेयर बजार ओरालो लागेको छ ।
बुधबार, नेप्से परिसूचक ३१.२१ अंकले घटेर १८९३.५३ अंक विन्दुमा आइपुगेको छ ।
आज ३० लाख ३४ हजारको कित्ता सेयर ८४ करोड ३७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ सबैमा राताम्मै देखिएको छ ।
आज १९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७३ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, ग्लोबल आइएमई सम्मुनत र आधिखोला लद्युवित्त वित्तिय संस्थामा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।