हिमालयन बैंक सिभिल बैंकबीच मर्जर असार १५ अगावै, प्रभु र सेन्चुरीबीच पनि घनिभूत छलफल

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाडेको हिमालयन बैंकले सिभिल बैंकसँग असार दोस्रो सातासम्म मर्जरमा जानका लागि सहमति गर्ने भएका छन् भने सम्भव भएसम्म प्रभू बैंक र सेन्चुरी कमर्शियल बैंक पनि असार मसान्तसम्म मर्जरमा जानका लागि सहमति गर्ने बुझिएको छ ।

दुवै बैंकका सञ्चालकहरू मर्जर जान सहमति भइसकेका छन् । सम्पत्ति र दायित्वका विषयमा दुवै बैंक स्पष्ट भएपछि स्वाप रेसिया कायम गरेर सहमति हुने बताइएको छ । यी विषयमा मिलन विन्दु खोजेर सम्भव भएसम्म असार दोस्रो सातासम्म सहमति पत्रमा हस्ताक्षर गर्ने बुझिएको छ ।

यसअघि पनि यी दुई बैंकबीच मर्जर जाने विषयमा छलफल भएको थियो । हिमालयन बैंकले त्यतिबेला चासो देखाएको थिएन । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जानका लागि सहमति गरिसकेका थिए । अहिले यी दुई बैंकबीच मर्जर भाडिएको छ । यसैको मौका छोप्दै सिभिल बैंकले पहिला मोटामोटी तय भएको सेयर स्वाप रेसियोलाई बढाएर माग गरिरहेको छ ।

त्यति बेला हिमालय बैंकले सिभिल बैंकलाई ४० प्रतिशत स्वाप रेसियोमा मर्ज गर्ने प्रस्ताव राखेको थियो । तर अहिले जसरी पनि यहि असार मसान्तसम्म हिमालयन बैंकले अर्को बैंकलाई मर्ज गर्ने बुझेपछि सिभिलले हिमालय बैंकसँग ६५–७० प्रतिशत स्वाप रेसियो हुनुपर्ने माग गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाडिएपछि मर्जर तथा एक्विजिशनको दवावमा परेको हिमालयन बैंकले पुनः सिभिल बैंकसँग मर्जरमा जान अघि बढेको हो ।

त्यसै गरी प्रभु र सेन्चुरी कमर्शियल बैंकको पनि मर्जरको विषयलाई लिएर घनिभूत छलफल भइरहेको छ । सेन्चुरी कमर्शिएल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलाई फूल सीईओ बनाएपछि एक प्रकारले मर्जर मर्जरमा नजाने मनस्थिति बनाएको सेन्चुरी बैंक, कुमारी, सिभिल, एनसीसी, सनराइज, लक्ष्मीलगायतका बैंकलाई मर्जरमा जान दवाव दिइरहेको छ । एनसीसी बैंक र नबिल बैंकबीच पनि प्राप्तीको लागि छलफल भइरहेको छ ।

बिग मर्जरलाई उच्च प्राथमिकतामा राखेर मौद्रिक नीति निर्माण गरिरहेको राष्ट्र बैंकले बैंकका सीईओ तथा सञ्चालकहरूलाई मर्जर सम्बन्धी दर्जनौं प्रश्न उठाएको वा सोधेको छ ।

अधिकांश बैकहरूलाई राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले बैंक तथा वित्त कम्पनीका अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत र अन्यलाई सर्वेक्षण प्रश्नावली पठाएको हो । राष्ट्र बैंकले उत्तरसहितको वस्तुगत प्रश्नावली बैंक सञ्चालन तथा प्रमुख कार्यकारी अधिकृतलाई पठाएको हो ।

बैंकको संख्या घटाउन बिग मर्जरको पक्षमा उभिएको राष्ट्र बैंकले मर्जर तथा प्राप्तिको नीति लिएको पनि एक दशक पुगिसक्यो । ठूलो संख्यामा विकास बैंक र फाइनान्स कम्पनी घटे पनि वाणिज्य बैंकको संख्या भने खासै घट्न सेकेको छैन ।
यसबीचमा ३२ वटा वाणिज्य बैंक घटेर २७ वटामा झरेको छ ।

अव केहि समयमा नै ३ वटा बैंक घट्ने पक्का भइसकेको जस्तै भएको छ । नबिल बैंकसँग नेपाल बंगलादेश बैंक एक्विजिशनमा जाने भएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकसँग मेगा बैंक मर्ज हुने भएको छ । त्यसरी नै ग्लोबल बैंक र बैंक अफ काठमाण्डू पनि एक अर्कामा मर्ज हुने सहमति गरिसकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स