वीमितले समयमा क्लेम नपाएकोले बीमा क्षेत्रप्रति जनताको विश्वास गुम्दै गएको होः अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा व्यवसायप्रति जनताको विश्वास गुम्दै गएको बताएका छन् । बीमा क्षेत्रमा केही कम्पनीहरुका कारण सिंगो क्षेत्र नै बद्नाम हुँदै गएकोमा उनले चिन्ता व्यक्त गरेका हुन् । नियामक निकाय बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले चिन्ता व्यक्त गरेका छन् ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आजैदेखि सार्वजनिक गरेको नयाँ प्रडक्ट सार्वजनिक गने क्रममा अध्यक्ष सिलवालले दावी भुक्तानीमा बीमा कम्पनीहरूले गरेको ढिलासुस्ती, बाहनाबाजीहरूले सिंगो बीमाको वदनाम भएको बताए ।

अध्यक्ष सिलवालले भने ‘बीमा कम्पनीले आफ्नो विश्वसनीयता गुमाउँदै गएको छ,’ उनले भने ‘आज जहाँ गएपनि क्लेम पाइदैन भनेर गुनासो आइरहेको छ ।’ अध्यक्ष सिलवालले सबै बीमा कम्पनीहरूलाई दावी भुक्तानीलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए ।

अध्यक्ष सिलवालले विश्वासको आधारमा चल्ने बीमा क्षेत्रमा दावी भुक्तानीमा समस्या हुन नहुने बताए । अध्यक्ष सिलवालले सबै बीमा कम्पनीहरूलाई संकेत गर्दै सोधे ‘तपाईहरुमा मानवता छैन ?

अध्यक्ष सिलवालले बीमा कम्पनीहरुलाई जिम्मेवार बनाउन दावी भुक्तानी वर्षको रुपमा अभियान चलाइरहेको बताउँदै बीमा कम्पनीहरुलाई दावी भुक्तानीलाई उच्च प्राथमिकतामा राखेर अघि बढान सबै बीमा कम्पनीहरूलाई निर्देशन दिए ।

कार्यक्रममा अध्यक्ष सिलवालले बीमा क्षेत्रमा थप लगानी गर्न पुँजी आवश्यक भएकोले पुँजी वृद्धि गर्ने निर्णय गरिएको बताए । बीमा क्षेत्रमा थप पुँजी आवश्यक भएको भन्दै चैत्र मसान्त भित्र चुक्ता पुँजी वृद्धि गर्ने निर्णय समेत उनले गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स