काठमाडौं । साताको दोस्रो दिन पनि नेप्सेमा गिरावट कायमै रहेको छ ।
सोमबार, नेप्से परिसूचक ४९.३१ अंकले घटेर १८८४.८१ अंक विन्दुमा आइपुगेको छ ।
आज ६१ लाख ४६ हजारको कित्ता सेयर १ अर्ब ७५ करोड ६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ सबैमा राताम्मै देखिएको छ ।
आज ४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९१ वटा कम्पनीको घटेको छ ।
त्यसैगरि, आधिखोला लद्युवित्त वित्तिय संस्थामा १० प्रतिशत र सीवाइसी नेपाल लद्युवित्तमा ९.९८ प्रतिशतको सर्किट लागेको छ ।