काठमाडौं । प्रतिवद्घता, दृढता, समर्पण र गतिशीलता मूख्य विशेषता रहेको फेबर ब्राण्ड विश्वव्यापी चर्चित होम एपलाइन्सेस ब्राण्ड हो । यसले आफ्ना उत्पादन तथा प्रविधिको कारण अन्तराष्ट्रिय स्तरमै आफ्नो छट्टै अव्बल स्थान बनाएर औेद्योगिक सफलता प्राप्ती गरिरहेको छ ।
इटालीबाट शुरु भएर आज त्यहाँ हरेक २ मध्ये १ रेन्ज हुड फेबर कम्पनीको हुने गर्छ । विश्वव्यापी रुपमा आफ्नो ब्राण्डलाई एक्सपान्सन गर्ने सिलसिलामा फ्रान्समा रोबलिन, स्पेनमा मेपामसा र अर्जेन्टीनामा स्पर जस्ता ब्राण्डलाई प्राप्ती गर्दै अग्रता कायम गरिरहेको छ ।
विश्व वजारमा ७ पलान्ट सहित प्रमुख ६ देशहरु ः इटाली, स्वीडेन, फ्रान्स, टर्र्की, अर्जेन्टीना र छिमेकी मुलुक भारतमा समेत यसले उत्पादन गर्दै आएको छ ।
यसको मुख्य बजार निर्देशनालय अमेरिका र प्रतिनिधि कार्यालय रुसमा रहेको छ ।
बढ्दो अन्तराष्ट्रिय प्रतिस्था, चुनौतिलाई आत्मसाथ गर्दै फेबर सन २००५मा
फराङकी ग्रुपसंग आवद्ध भई विश्वव्यापी किचन प्रणालीको अग्रनी कम्पनी बन्न सफल भएको छ । जसले गर्दा फराङकी ग्रुप फेबरलाई एकछत्र रुपमा हुड्स व्यापारको मूख्य जिम्मा दिएको छ ।
फराङकी फेबर नेपालमा १५ वर्षयता हरेक घर घरमा चिरपरिचित नाम हो ।
विगत २ वर्षको अन्तरालमा फेबरले नेपालमा ६ वटा फेबर पलाटिनियम स्टुडियोज खोलेको छ । जसमा ३ वटा काठमाण्डौ उपत्यकामा, एउटा विराटनगर, एउटा विर्तामोड र एउटा पोखरामा रहेका छन् ।
पेप्सीकोला, जडिवुटीमा नयाँ स्टोर खोलेसँगै फेबर ब्राण्डसँग जम्माजम्मी
नेपालमा ७ वटा पलाटिनियम स्टुडियोज हुन्छ । नेपालका लागि फेबर को राष्ट्रिय प्रबन्धक गोपाल मेहताले भनेको अनुसार फेबर नेपालले आगामी २ महिना भित्र थप २ वटा स्टोर नारायणगढ र वुटवलमा संचालनमा ल्याउने छ ।
साथै यसको नेपालमा भित्राउने काम युयाचयास होलडिङ प्रा.लि. ले गर्दै आइरहेको छ ।