जुनलाई अन्तर-राष्ट्रिय योग महिनाको रुपमा मनाउँदै आर्ट अफ लिभिङ नेपाल

काठमाडौं । आर्ट अफ लिभिङले सन् २०१५ देखि विभिन्न किसिमका योग कार्यशालाहरु र जनचेतनामुलक अभियानहरु सञ्चालन गर्दै जुन महिनालाई योग महिनाको रूपमा मनाउँदै आएको छ ।

यसै सिलसिला अन्तर्गत यो वर्ष आर्ट अफ लिभिङले विभिन्न सरकारी तथा निजी विद्यालय, कलेज, आर्मी क्याम्प, सशस्त्र प्रहरी बल र अन्य संस्थाहरुका लागि पनि लागि योग कक्षाहरु सञ्चालन गर्दैछ ।

आर्ट अफ लिभिङले विश्व सम्पदा क्षेत्रहरूमा पनि योग महोत्सव आयोजना गर्दैछ जहाँ विभिन्न पेशा, व्यवसाय र उमेर समुहका मानिसहरू स्वतन्त्र रूपमा सहभागी हुन सक्छन् । असार १३ गते वसन्तपुर दरबार स्क्वायरबाट शुरु भएको यो कार्यक्रममा विभिन्न पृष्ठभूमिका १०० भन्दा बढी व्यक्तिले योग गरेका थिए ।

यो योग श्रृङ्खला महादेवथान,मातातीर्थ,स्वयम्भुनाथ स्तुपा, बौद्धनाथ स्तुपा लगायत काठमाडौंका अन्य विभिन्न स्थानहरुमा संचालन गरिएको थियो । सद्भाव र सदाचार्यको नेपाली संस्कृतिलाई झल्काउँदै आईटी व्यवसायीहरु, विद्यार्थीहरू, ब्रिटिश गोर्खा प्रशिक्षार्थीहरू, कराते अभ्यासकर्ताहरू, गृहिणीहरू लगायत विभिन्न समुदाय र पृष्ठभूमिबाट योग गर्न र यसको महत्व झल्काउनको लागि मानिसहरु सहभागि हुँदै आएका छन् ।

त्यस्तै गरी आर्ट अफ लिभिङ नेपालले आर्मी र सशस्त्र प्रहरी बलका लागि पनि क्रमशः जुन २० र जुन २२ मा विशेष योग कार्यक्रम तय गरेको छ । आर्ट अफ लिभिङ नेपालका योग गुरुहरुले काठमाडौँ उपत्यका बाहिर पनि पोखरा, चितवन, लुम्बिनी, बुटवल, भैरवा, धनगढी, दाङ, विराटनगर, झापा लगायतका स्थानहरुमा निःशुल्क योग कक्षा सञ्चालन गर्दै आएका छन् ।

आर्ट अफ लिभिङ नेपालकि योगा को–अर्डिनेटर रिया थापाको संयोजकत्वमा यी योग कक्षाहरु संचालन भइरहेका छन् । मानव स्वास्थ्य र खुशीमा केन्द्रित आर्ट अफ लिभिङ नेपालको यो वर्षको योग दिवसको थिम ‘मानवताका लागि योग’ रहेको छ ।

कार्यक्रमको अन्त्यमा साँझको सत्संग र आर्ट अफ लिभिङका संस्थापक, आध्यात्मिक गुरु एवम मानवतावादका प्रवर्तक् रवि शंकरद्वारा पतञ्जलि योगको बारेमा प्रवचन पनि सुनाउने कार्यक्रम रहेको छ । उनी आँफै पनि सम्पूर्ण विश्वको लागि अनलाइन योग कक्षा सञ्चालन गर्छन् ।

यसको मुख्य कार्यक्रम जुन २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर बिहान ६ः३० बजे वल्र्ड ट्रेड सेन्टरको डिइसीसी हलमा हुँदैछ जहाँँ आर्ट अफ लिभिङ काठमाडौँको सम्पूर्ण परिवार सहभागि हुनेछ । कार्यक्रममा माननीय युवा तथा खेलकुद मन्त्री महेश्वर जङ गहतराज अथकज्युको प्रमुख आतिथ्यता रहनेछ ।

आर्ट अफ लिभिङ नेपालले योगा डे अनलाइन र अफलाइन दुबै तरिकाले मनाउँदै आएको छ । योग आँफै मा एउटा कार्य कौशलता हो । योग गर्नाले जीवनमा अझ धेरै काम गर्ने उर्जा मिल्छ । तन, मन र आत्माको मिलनको महसुस गर्न र योगको फाईदा लिन चाहने सम्पूर्णले यस कार्यक्रममा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स