आफ्नो स्वार्थ पूर्तिका लागि विनियमावलीको खिल्ली उडाउँदै निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रवन्धक आचार्य

सेन्चुरी बैंकको कल डिपोजिटमा ६० करोडसम्म

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रवन्धक तथा लेखा विभाग प्रमुख विक्रान्त आचार्यले करिब ६० करोड रुपैयाँ कल डिपोजिटमा राखेर कोषलाई आर्थिक नोक्सानी पुर्याएको खुलासा भएको छ ।

आचार्यले मुद्दती निक्षेपमा राख्नुपर्ने रकम कल डिपोजिटमा राखेर कोषलाई आर्थिक नोक्सानी पुर्याउने काम गरेका हुन् । ४ जनवरी २०२२ मा ५९ करोड ७१ लाख ६० हजार ३९३.०३ रुपैयाँ सेन्चुरी कमर्शियल बैंकमा राखेको पाइएको छ ।

कोष कर्मचारीको कालो कर्तुतमा तत्कालिन प्रमुख कार्यकारी अधिकृत अर्जुन भण्डारी पनि उक्तिकै दोषी देखिन्छन् । किनकी कोषको उपल्लो तहमा रहेर कोष भित्र मौलाइरहेको विकृति रोक्न नसक्नु भनेको उनी आफै सो कार्य गर्न लागि पर्नु हो ।

https://hamroartha.com/banks-and-finance/28472/

यदि प्रमुख कार्यकारी अधिकृत भण्डारीको सहमति थिएन भने सो कार्य गर्ने हिम्मत तल्लो तहका कर्मचारीको हुँदैन थियो । उनकै मिलिमतोमा बैंकको मुद्दती खातामा राख्नुपर्ने रकम कल डिपोजिटमा राखिएको हो । त्यस अघि विष्णुबाबु मिश्र प्रमुख कार्यकारी अधिकृत हुँदा कोषले यस्तो कार्य कहिले गर्न सकेको थिएन । सीईओ भण्डारी र लेखा प्रमुख आचार्यको मिलिमतोमा ठूलो पैसाको ब्याज कोषले नपाएको हो ।

जवकी निक्षेप तथा कर्जा सुरक्षण कोष लगानी विनियमावली, २०७४ को परिच्छेद–२ को दफा ३ ‘ख’ मा कोषमा रहेको लगानी योग्य रकम लगातार ५ वर्षदेखि नाफामा रहेका बैंकको मुद्दती खातामा राख्नुपर्ने व्यवस्था गरेकोे छ । कोषका अनुसार ५ करोडभन्दा बढी रकम कल डिपोजिटमा राख्न पाइँदैन । उक्त उल्लेखित शर्त पुरा गरेका बैंकको मुद्दती निक्षेपमा राख्नु पर्ने व्यवस्था गरेको छ ।

सेन्चुरी कमर्शियल बैंकमा रहेको निक्षेप तथा कर्जा सुरक्षण कोषको खातामा पटक पटक लामो समयसम्म ५० करोडभन्दा बढी रकम देखिएको छ ।

व्यक्तिगत समाचार प्रकाशन गरिएको विषयमा संस्थाको खण्डनसहितको प्रेस विज्ञप्ती

हाम्रोअर्थ डटकमलाई प्राप्त बैंक इष्टेमेन्ट अनुसार कोषले २ फ्रेबुअरी २०२२ भन्दा अघि लाखमा सीमित गरेको कल डिपोजिटमा राख्ने रकमलाई एकै पटक बढाएर २० करोड १५ लाख ८४ हजार पुर्याएको हो । जति बेला बैंक तथा वित्तीय संस्थाहरू तरलताको अभावमा जकडिएका थिए ।

कोषले सो रकम १८ फ्रुबुअरी २०२२ सम्म राखेको थियो भने त्यसपछि अझ बढाएर कल डिपोजिट २५ करोडभन्दा बढी रकम राखेको छ । त्यसयता विभिन्न मितिमा ४५ करोड, ५० करोड,, फेरि ४० करोड, ३९ करोड हुँदै २५ अप्रिल २०२२ मा ३२ करोड १७ लाख रुपैयाँसम्म कल डिपोजिटमा राखेको प्रमाण हाम्रोअर्थलाई प्राप्त भएको छ । १९ अप्रिल २०२२ सम्म पनि कल डिपोजिटमा कोषले ५० करोडभन्दा बढी रकम राखेको देखिएको छ ।

यस विषयमा सेन्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानले अहिले सो खातामा रकम नभएको बताए ।

बैंकको यो इष्टेमेन्टले यो प्रमाणित गर्दछ कि कोषका प्रवन्धक तथा लेखा प्रमुख आचार्यले आफ्नो व्यक्तिगत स्वार्थका लागि कोषलाई आर्थिक नोक्सानी पुर्याउनुका साथै अनियमिततामा उनी आफै अग्रसर भएको देखिन्छ ।

सो रकम मुद्दती खातामा डिपोजिट गर्दा कोषले बढी ब्याज पाउँथ्यो । अहिले बैंकहरूले मुद्दती निक्षेपमा १२ प्रतिशतभन्दा बढी ब्याज दिइरहेका छन् । उनकै स्वार्थको लागि कोषमा ब्याज स्वरुप जम्मा हुने ठूलो रकम कल डिपोजिटमा राखेर कोषलाई वित्तीय नोक्सान पुर्याउने काममा लेखा प्रमुख नै अग्रसर देखिन्छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स