जग्गाधनीको नक्कली मृत्युदर्ता बनाएर सात करोडको जग्गा किर्ते गरि ठगी गर्ने ५ जना पक्राउ

काठमाडौं । जग्गाधनीको नक्कली मृत्युदर्ता बनाएर सात करोडको जग्गा किर्ते गरि ठगी गर्ने ५ जना पक्राउ परेका छन् ।

उनीहरूले कीर्तिपुर नगरपालिका वडा नं. २ मा रहेको कित्ता नम्बर ३४४ र ३६१ दशमलव ८५ वर्गमिटरको जग्गा किर्ते गरेर हडपेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोको टोली (सीआईबी) ले पक्राउ गरेको हो ।

उनीहरुले सपरिवार सहित विगत २४ वर्षदेखि जापानमा बस्दै आएकी शान्तिदेवी लोहनीको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको कीर्तिपुरमा रहेको ११ आना २ पैसा जग्गा बिक्री गरेको खुलेको छ ।

प्रहरीकाअनुसार किर्ते कागजात मालपोत कार्यालय कलंकीमा पेस गरेर सो जग्गा ०७७ पुस १५ गते शान्ता देवी लोहनीको नामबाट निजको श्रीमान तारानिधि लोहनीको नाममा नक्कली तारानिधि लोहनी बनाई निजको नाममा मृत्यु नामसारी गरेको खुलेको छ ।

त्यसपछि नक्कली तारानिधि लोहनीले सो जग्गा भक्तपुर नगरपालिका–११ बस्ने सुनिता कर्माचार्यलाई तीन करोड सत्तरी लाख रुपैयाँमा ०७७ फागुन १० गते मालपोत कार्यालय कलंकीबाट बिक्री गरेको खुलेको छ ।

लोहनीको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर र नक्कली श्रीमान खडा गरेर जग्गा बिक्री गरेको पाइएको र उनी नेपाल आएका बेला जेठ ५ गते मालपोत कार्यालयमा वायोमेट्रिक गर्न गएका बेला जग्गा बिक्री भइसकेको खुलेको थियो ।

प्रहरीले घटनामा संलग्न दार्चुला मालिकार्जुन गाउँपालिका-७ घर भई हाल काठमाडौं टोखा नगरपालिका-८ बस्ने वर्ष ५२ को महावीर चन्द, मेलम्ची नगरपालिका-४ का गणेश बहादुर खनाल, काठमाडौं भंगाल बस्ने बाबुराम कार्की, काठमाडौं वनस्थलीका प्रेम प्रसाद खनाल र काठमाडौं वनस्थली बस्ने ममता भनिने डासी माया श्रेष्ठलाई पक्राउ गरेको हो ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स