३७ अंकले घट्यो नेप्से, १ अर्ब १३ करोडको कारोबार, आधिखोला लद्युवित्तमा सर्किट कायमै

काठमाडौं । साताको पहिलो दिन पनि नेप्सेमा गिरावट कायमै रहेको छ ।

आइतबार, नेप्से परिसूचक ३७.२७ अंकले घटेर १९३४.११ अंक विन्दुमा आइपुगेको छ ।

आज ३६ लाख ६६ हजारको कित्ता सेयर १ अर्ब १३ करोड ४० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबैमा राताम्मै देखिएको छ ।

आज १३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७९ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आधिखोला लद्युवित्त वित्तिय संस्थामा ९.९९ प्रतिशतको सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स